नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6256 · वि.सं. २०५३

नि.नं. 6256 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीले फिराद साथ पेश गरेको २०३६।१०।८ को सक्कल तमसूक हेर्दा लिखतको तेश्रो हरफमा अक्षर थपिएको तर थपिएको ठाउंमा कारणीको सही नपरेको र लिखतको एघारौं हरफमा लिखतको मुख्य थैलीको शुरू अंक सच्याएको र त्यसैको माथि सताइस सौं पैतालिस भन्ने लेखि कारणीको सहिछाप नभएको र लिखतको बिभिन्न ठाउंमा नमिल्दो तरिकावाट अक्षर थपिएको देखिन्छ कूनै कागज पत्रमा गल्तिले केरमेट गरेको र थपेकोमा समेत अरु अंक अक्षर थप्न नहुने गरि दांया दुवै तर्फ सो कागजमा सहि गर्ने मुख्य कारणीको सहि गराउनु पर्ने कानूनी व्यवस्था मुलुकी ऐन कागज जांचको ४ नं. मा भएको पाइन्छ । उक्त कानूनी व्यवस्था वमोजिम सो लिखतमा थपिएको र सच्याइएको ठाउंमा कारणीको सहिछाप भएको नदेखिंदा सो २०३६।१०।८ को तमसूक कागज जांचको ४ नं.को कानूनी व्यवस्था वमोजिम रीत पूर्याई तयार भएको नदेखिने । (प्र.नं.११) विवादित लिखतमा मुख्य थैलीको अंक नै सच्याएको प्रष्ट देखिनुको साथै कागज जांचको ४ नं. बमोजिम रीत पूगेको समेत नदेखिंदा त्यस्तो विवादास्पद लिखतवाट वादी दावी वमोजिम सांवा व्याज भराउन नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6256
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2053/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6256
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्