नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6253 · वि.सं. २०५३
नि.नं. 6253 — संबिधानको धारा २३ तथा धारा ८८ को उपधारा (१)(२) बमोजिम उत्प्रेषण परमादेश अधिकारपृक्षा लगायत जो चाहिने आदेश जारी गरी पाऊं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकले निजामती सेवा नियमावली, २०२१ संविधानको धारा १२४ र १३१ को विपरित भएकोले बदर घोषित गरी पाउं भनी जिकिर लिनु भएको पाईन्छ र अन्य उपचार तर्फ कुनै माग दावी गरेको पाइन्न । संविधानको धारा १२४ अन्तर्गत ऐन नवने सम्मको लागि ऐनको अधिकार प्रयोग गरी नियमावली बमोजिम कार्य संचालन गरेको औचित्यपूर्ण हुंदा निजामती सेवा नियमावली, २०२१ संविधानको धारा १२४ संग बाझिएको मानि धारा १३१ अनूसार निष्कृय मान्न नमिल्ने भनी २०४८ सालको रिट नं. २७३७ निवेदक कृष्ण प्रसाद लम्साल बिरुद्ध श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय समेत भएको रिट निवेदनमा २०५२।४।१८ मा सात जनासमेत भएको बृहत विशेष इजलासवाट निर्णय भै सिद्धान्त कायम भएकोले सो सिद्धान्तको आधारमा निजामती सेवा नियमावली, २०२१ लाई अमान्य घोषित गर्न मिल्ने नदेखिंदा रिट जारी नहुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6253 |
|---|---|
| मुद्दाको विषय | संबिधानको धारा २३ तथा धारा ८८ को उपधारा (१)(२) बमोजिम उत्प्रेषण परमादेश अधिकारपृक्षा लगायत जो चाहिने आदेश जारी गरी पाऊं । |
| निर्णय वर्ष / मिति | 2053/02/31 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6253 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
