नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6251 · वि.सं. २०५३
नि.नं. 6251 — नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश र पुर्जि जारी गरी पाउं ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ऐन, २०४५ को दफा ३,२,१ शिक्षा मन्त्री वा राज्यमन्त्री परिषदको अध्यक्ष हुने व्यवस्था गरेको छ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको नियमावलीको नियम ३ ले अध्यक्षको काम, कर्तव्य र अधिकार तोकी अध्यक्षले परिषदसंग सम्वन्धित जुनसुकै विषयको कार्यको निरीक्षण तथा जांचबुझ गर्न तथा सो सम्वन्धमा परिषदका कुनै पदाधिकारी वा कर्मचारीलाई आवश्यक निर्देशन दिन सक्नेछ भन्ने उल्लेख भएको देखिन्छ । निवेदक तर्फका कानून व्यवसायीले परिषदको अध्यक्ष भन्नाले शिक्षा मन्त्रिलाई अध्यक्ष मान्न मिल्दैन मन्त्रीले अध्यक्षको पदमा पुनः नियुक्त हुनु पर्ने देखिन्छ भनी लिनु भएको जिकिरका सम्वन्धमा परिषदको ऐनको दफा ३.२.१. ले शिक्षा मन्त्री वा राज्यमन्त्री परिषदको अध्यक्ष भनी तोकेबाट शिक्षा मन्त्री वा राज्यमन्त्री हुनु मात्र भएपछि नै परिषदको अध्यक्ष मान्नू पर्ने र कानूनमा स्पष्ट भै रहेको व्यवस्थालाई पुनः घोषणा गरी प्रभावकारी बनाई रहनु पर्ने प्रावधान कुनै ऐनमा नदेखिने । (प्र.नं. ९) § कानून वमोजिम स्थापित निकायको काम कारवाही कानून वमोजिम हुनु पर्दछ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद कानून वमोजिम स्थापित निकाय हो । यसले सम्पादन गर्ने काम कारवाही कानून वमोजिम हुनु पर्दछ । परिषदद्वारा प्रकाशित विज्ञापन वमोजिम संचालित परिक्षा स्थगित गर्दा व्यापक अनियमितता भएको भनी टिका टिप्पणी भएको र वास्तविक पत्ता लगाउन छानविन समिति गठन गरी अनियमित भएको भन्ने प्राप्त प्रतिवेदनका आधारमा परिक्षा रद्द गरी पुनः परीक्षा संचालन गर्ने निर्णय गरेको देखिन्छ । परिषदको अध्यक्ष शिक्षा मन्त्रि वा राज्य मन्त्रि हुने र शिक्षा मन्त्रिले परिषदको काम कारवाहीमा जांचबुझ गर्न पाउने र अवाश्यक निर्देशन समेत दिन सक्ने भन्ने उल्लेखित कानूनी व्यवस्थाबाट छानविन समितिको गठन गर्ने शिक्षा मन्त्रीको निर्देशनलाई अन्यथा मान्न नमिल्ने । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6251 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) बमोजिम उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश र पुर्जि जारी गरी पाउं । |
| निर्णय वर्ष / मिति | 2053/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6251 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
