नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6248 · वि.सं. २०५३
नि.नं. 6248 — अंश दपोट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित घरजग्गामा वादीले समेत वस्तू गाई गोरु वाख्रा वाधी भोगी आएको छ भन्ने वादीका साक्षी वृजलाल रायले वकपत्र गरिदिएको देखिन आयो । यस स्थीतिमा वादीको जानकारीमा आउन नदी प्रतिवादीले वण्डा गर्नुपर्ने सम्पति दवाएको भन्न मिल्ने अवस्था देखिन आएन । (प्र.नं. १२) § आफुले समेत प्रयोग गरेको सम्पति तायदाती मांग गर्दा वादीले तायदाती नदी प्रतिवादीले पेश गरेको तायदातीमा विरोधसम्म पनि नगरी दवाएको भनी फिराद दावी गर्नु उपयुक्त देखिन नआउने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6248 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट । |
| निर्णय वर्ष / मिति | 2053/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6248 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
