नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6243 · वि.सं. २०५३

नि.नं. 6243 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अधिकार प्राप्त अधिकारीले सजायको निर्णय आफ्नो न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र.नं. १७) § कानूनले अधिकारै नदिएको छानविन समितिको सिफारीस निर्णयको आधारमा अधिकार प्राप्त अधिकारीले सजायं गर्न नमिल्ने । (प्र.नं. १७) § मिति २०४८।६।४ को निजामती सेवा नियमावलीले कारवाही र सजांय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपनि निवेदकलाई घटुवा गर्ने गरी सजाय सम्वन्धी निर्णय गर्दा ठहर्‍याउन पर्ने कुराहरु निर्णय दिनेले न्यायिक मन प्रयोग गरी स्वयंमले ठहर्याई निर्णय गरेको भन्न मिल्ने देखिएन । तसर्थ छानविन समितिको सिफारिस निर्णयलाई आधार मानी निवेदकलाई तल्लो पोष्टमा घटुवा गर्ने गरी भएको निर्णय कानूनसम्मत नभई त्रुटीपुर्ण देखिंदा उक्त मिति २०४८।११।११ को निर्णय उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १८,१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6243
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2053/02/03
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6243
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्