नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6242 · वि.सं. २०५३

नि.नं. 6242 — विषयः परमादेशयुक्त उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकहरु महालेखा परिक्षकको विभाग अन्तर्गतका देखिन्छन् । महालेखा परिक्षकको विभाग अन्तर्गतका कर्मचारीहरुलाई सो विभागको सम्वन्धित ऐन नियम लागु हुन्छ। निवेदकहरुलाई महालेखा परिक्षकको विभागमा पठाइएकोमा निजहरुले सो स्वीकारै गरी वसेको पाइन्छ । आफुले स्वीकारी महालेखा परिक्षकको विभागमा गई काम गरी सकेको अवस्थामा सो विभागमा रहे भएको कारणले आफुलाई मर्का पर्यो भन्नु उचित र न्यायसंगत नदेखिंने । (प्र.नं. १९) § लेखा परिक्षण ऐन, २०१८ लाई हेर्दा उक्त ऐनको दफा घ मा सेवाको शर्त नियुक्ति सो ऐन अन्तर्गत वा नियमावली वमोजिम हुने भन्ने लेखिएको पाइन्छ । सो ऐन अन्तर्गत वा नियमावली वमोजिम हुने तथ्यलाई स्विकार गरी यी निवेदकहरु आफ्नो मन्जुरी साथ गई नियुक्ति लिई त्यस्तो पदमा वसी काम गरेको अवस्थामा हाल यस रिट निवेदनमा उल्लेख गरिए वमोजिम निवेदकहरुको विरोध थियो भन्ने स्थिति रहेको मान्न नमिल्ने । (प्र.नं. २०) § महालेखा परिक्षकको विभाग अन्तर्गतका यी निवेदकहरु सवैलाई लोकसेवा आयोगबाट आयोजना गरिएको परिक्षामा वस्न इन्कार गरेको पाइन्छ । यी निवेदकहरुको समकक्षमा पर्ने समान कर्मचारीहरु मध्ये कुनै कर्मचारीलाई लोकसेवा आयोगबाट आयोजना गरिएको प्रस्तुत परिक्षामा प्रवेश गराइएको र कुनैलाई प्रवेश नगराइएको स्थिति प्रस्तुत मुद्दामा देखिन्न । समान स्थिति र अवस्थाका मानिसहरुको बीच असमान प्रयोग भयो भन्ने असमान व्यवहार भयो भन्ने स्थिति हुन्छ । तर प्रस्तुत विवादमा सो नदेखिंदा असमान भयो भन्ने अवस्था नरहने । (प्र.नं. २१) § हामी निजामती कर्मचारीहरु भएकोले हाम्रो सेवा निजामती भै नेपाल अधिराज्यको संविधानको धारा १२४ अनुरुप निजामती सेवा ऐनद्वारा नियन्त्रित हुनुपर्ने भएबाट धारा १२४ र धारा १३० अनुरुप यो सम्वन्धित नियमावली अवैध छ भनी निवेदकहरुको जिकिर भएकोमा २०४८ सालको रिट नं. २७३७ निवेदक कृष्ण प्रसाद लम्साल विरुद्ध श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत भएको उत्प्रेषणको मुद्दामा वृहत विशेष इजलासबाट निजामती सेवा नियमावली, २०२१ संविधानको धारा १सुनु संग वाझिएको भनी १३१ अनुसार निष्कृय भएको मान्न मिल्दैन भन्ने सिद्धान्त प्रतिपादित भएकोले उक्त प्रतिपादित सिद्धान्तबाट निवेदकको भनाईलाई मद्दत पुग्ने स्थिति नदेखिंने । (प्र.नं. २१) § जुन जांचको विषयलाई लिएर रिट निवेदकहरुले रिट निवेदन दिनु भएको छ सो जांच समेत सम्पन्न भई तेस्रो व्यक्तिहरुको Right समेत establish भई सकेको देखिंदा प्रस्तुत रिट निवेदन जारी हुने स्थितिको नदेखिंने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6242
मुद्दाको विषयविषयः परमादेशयुक्त उत्प्रेषणको आदेश वा जो चाहिने आज्ञा आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2052/05/08
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6242
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्