नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6241 · वि.सं. २०५३
नि.नं. 6241 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ खनिज नियमहरु, २०१८ को नियम २५(१) खानी ऐन, २०३३ को दफा १३ संग वाझिएको भन्नु मात्र पर्याप्त हुंदैन । यो यस किसिमले वाझिएको छ भनी आधार र कारण खोली प्रष्टसंग दर्शाउन सक्नु पर्ने । (प्र.नं. १२) § जनहित र सार्वजनिक हित भन्ने शव्दावलीमा मात्र भिन्नता भएको वास्तविक अर्थमा भिन्नता नभएको र स्वच्छ खानेपानी सार्वजनिक स्वास्थ्यकै एक अंग भएकोले उक्त नियम २५ (१) मा जनहितका लागि ठेक्का समाप्त गर्ने व्यवस्था भएकै देखिएकोले खानेपानी योजना जनहितका लागि हैन भन्न मनासिव नहुंदा खनिज नियमहरु, २०१८ को नियम २५(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) (ङ) संग वाझिएको भन्ने निवेदन जिकिरसंग सहमत हुन सक्ने अवस्था नदेखिने । (प्र.नं. १२) § कानून वमोजिम नविकरण नै हुन नसकेको इजाजतपत्रवाट इजाजत पत्रको वैधता कायम हुन सक्ने अवस्था र स्थिति विद्यमान नरहेकोले श्री ५ को सरकारले निवेदकको ठेक्का तोड्ने भनी गरेको मिति ०५०।१।१४ को निर्णय र सो अनुसार भए गरिएका काम कारवाहीवाट रिट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२)(ङ) १६, १७ द्वारा प्रत्याभूति गरिएको मौलिक हकमा समेत वन्देज लाग्न गयो भनी भन्न सकिने अवस्था विद्यमान नहुने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6241 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2052/10/18 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6241 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
