नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6239 · वि.सं. २०५३

नि.नं. 6239 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुंदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भै संस्थान स्वयंले वन्दोवस्त र संचालन गरी आएको गुठी जग्गालाई राजगुठी र गुठीको पर्व पुजा इत्यादि दानपत्र लिखत वमोजिम काम चलाई वांकी रहेको शेष कसर वा सलामीसम्म राजगुठीमा वुझाउनु पर्ने वा त्यस्तो गुठी चलाउनेले शेष कसर खाने गरी गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै श्री ५ को सरकारमा वुझाउनु पर्ने मालपोत वा तिरो वुझाउनु पर्ने दायित्वबाट छुट पाएको गुठीलाई छुट गुठी मानिने कानूनी प्रावधान रहेको पाइन्छ । उक्त प्रावधानबाट नेपाल अधिराज्यको विभिन्न भागमा छरिएर रहेका राजगुठीहरुलाई सुव्यवस्थितरुपले संचालन गर्न नै गुठी संस्थानको स्थापनाको उद्देश्य रहेको देखिन्छ । तसर्थ राजगुठीमा परिणत भएका छुट गुठी र निजी गुठीको दानपत्र, लिखत र परम्परा वमोजिम पर्व पुजा इत्यादि नरोकिने र धर्मलोप नहुने गरी वन्दोवस्त र संचालन गर्नु गराउनु पर्ने गुठी संस्थानको कर्तव्य तोकिएको छ । निजी गुठीको हकमा दफा २० वमोजिम कुनै निजी गुठीको दाता समेत सवै वा अधिकांश गुठियारले त्यस्तो गुठीको हक दायित्व संस्थानले नै वेहोर्ने गरी संस्थानबाट वन्दोवस्त र संचालन हुन लिखित अनुरोध गरेमा मात्र संस्थानले त्यस्तो निजी गुठीलाई आफ्नो हक दायित्वमा लिई वन्दोवस्त र संचालन गर्न पाउंछ अन्यथा नपाउने । (प्र.नं. १३) § प्रचलित कानूनका अधीनमा रही प्रत्येक नागरिकले सम्पत्ति आर्जन गर्न भोग गर्न वा अन्य कारोवार गर्न पाउने गरी उपयोग गर्न पाउने हुन्छ । त्यस्तै हरेक नेपाली नागरिकलाई प्रचलित परम्पराको मर्यादा राखी आ-आफ्नो धर्मको अवलम्वन र अभ्यास गर्ने स्वतन्त्रता प्रदान गरिएको छ । हरेक धार्मिक सम्प्रदायलाई आफ्नो गुठीको संचालन र संरक्षण गर्ने हक हुन्छ । यसबाट राजगुठी र छुट गुठीको सम्वन्धमा गुठी संस्थान ऐन, २०२१ प्रारम्भ हुनु अगावै गुठी लगतमा दर्ता भै सकेको राजगुठी र छुट गुठीलाई संस्थानले वन्दोवस्त र संचालन गर्न पाउंछ । निजी गुठीको हकमा गुठियारहरुका लिखित अनुरोधमा मात्र संस्थानले धर्मलोप नहुने गरी सम्वन्धित निजी गुठीको दानपत्र लिखत वमोजिम कार्य संचालन गर्न पाउने प्रष्ट व्यवस्था गरिएको छ । तसर्थ गुठियारको मंजूरी नभए गुठी संस्थानले हस्तक्षेप गर्न पाउने नदेखिने । (प्र.नं. १४) § नेपालको संविधान, २०१९ को धारा १६ मा संवैधानिक उपचारको हकको व्यवस्था रहेको पाइन्छ । उक्त धारा १६ ले मौलिक हकको प्रचलनको लागि धारा ७१ वमोजिम सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत आवश्यक आज्ञा आदेश वा पूर्जि जारी गर्ने अधिकारको कानूनी प्रावधान रहे भएको देखिन्छ । तसर्थ निवेदकले तत्कालिन संविधानमा संवैधानिक उपचारको हक नरहेको भन्ने जिकिर मुनासिव नदेखिने । (प्र.नं. १५) § गुठी संस्थान ऐन, २०३३ को प्रस्तावनामा विभिन्न वर्गका जनताका वीच सुसम्वन्ध कायम राख्ने र सर्वसाधारण जनताको आर्थिक हित र नैतिकता कायम राख्ने उद्देश्यबाट सो ऐन वनाइएको व्यहोरा उल्लेख भएको छ । तसर्थ यस्तो सार्वजनिक हितको लागि वनेको ऐनलाई संविधानको धारा १७ को सुरक्षा प्रदान गरिएको हुंदा निवेदकले संवैधानिकताको प्रश्न उठाउन नसकेको हुन सक्छ । तर सो कुरा लुकाई तत्कालिन संविधानद्वारा मौलिक हकको संरक्षणको लागि निवेदन दिन पाउने व्यवस्था नभएको भन्ने गलत तथ्य उल्लेख गरेको पाइन्छ । यसरी एकातिर निवेदकले गलत तथ्य उल्लेख गरेको छ भने अर्कोतर्फ साविक संविधान लागु रहेकै समयमा लागु भएको ऐनको प्रावधानलाई हालको संविधान, २०४७ लागु भैसकेपछि पनि पांच वर्षसम्म चुप लागी त्यसपछि मात्र प्रस्तुत रिट निवेदन दायर गरेको पाइन्छ । साविक संविधान संग वाझिएको भन्ने आधारमा कुनै कानूनलाई अमान्य वा वदर गराउन वर्तमान संविधानको धारा ८८ को उपधारा (१) प्रयोग गर्न नमिल्ने भनी ने.का.प. २०४९ को नि.नं. ४५९७ पृष्ठ ७१० इमान सिंह गुरुङ वि. श्री ५ को सरकार भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यस अदालतको पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भै सकेको हुंदा गुठी संस्थान ऐन, २०३३ लाई वर्तमान संविधानको धारा ८८ (१) वमोजिम अमान्य गर्न मिल्ने नदेखिने । (प्र.नं. १६) § कुनै हक संविधानसंग वाझिएको भन्नु मात्र पर्याप्त हुदैंन । कसरी वाझिएको छ त्यसको प्रष्ट कारण वा आधारको चित्रणबाट सो रुप देखिनु पनि पर्ने । (प्र.नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6239
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2053/08/05
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6239
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्