नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6238 · वि.सं. २०५३
नि.नं. 6238 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै कानून व्यवसायीका विरुद्धमा कसैको उजुरी पर्न आएमा सो को छानविन गरी आवश्यक कारवाही गर्न एउटा अनुशासन समिति गठन हुने र सो समितिले दोषी देखिएको कानून व्यवसायीलार्ई कारवाही गर्ने सिलसिलामा समाव्हान जारी गर्ने र साक्षी प्रमाण वुझ्ने सम्वन्धमा अदालतलार्ई भए सरहको अधिकार हुने व्यवस्था कानून व्यवसायी परिषद ऐन, २०५० को दफा ११(२) मा भएको देखिंदा दोषी देखिएको कानून व्यवसायीलार्ई कारवाही गर्ने क्रममा मात्र त्यसरी समाव्हान जारी गर्ने अवस्था आउने हुंदा कारवाही नै नभएकोमा समाव्हान जारी गरी रहन पर्ने देखिदैंन । (प्र.नं. ५) § निवेदकको निवेदन प्रारम्भिक छानविन कै क्रममा तथ्यहीन देखिएको भनी तामेलीमा राखिएवाट निवेदकको के कस्तो संवैधानिक हक कसरी हनन् हुन गयो सो समेत निवेदकले आफ्नो निवेदनमा स्पष्ट उल्लेख गर्न सकेको समेत पाईदैन । अतः अधिकार प्राप्त निकायवाट कानून वमोजिम भए गरिएको काम कारवाहीवाट निवेदकको कुनै मौलिक हक हनन् भएको मान्न मिलेन । (प्र.नं. ५) § नेपाल कानून व्यवसायी परिषद ऐन, २०५० कानून व्यवसायीहरुको हकहितका सम्वन्धमा व्यवस्था गर्न बनेको भन्ने कूरा उक्त ऐन कै प्रस्तावनावाट देखिंदा उक्त ऐन, कानून व्यवसायीहरुको व्यवसायिक पक्षसंग मात्र सम्वन्धित रहेको प्रष्ट छ । कुनै कानून व्यवसायी उपर कारवाही भएकोमा सो उपर कानून व्यवसायीले पूनरावेदन गर्न पाउने व्यवस्था सम्म उक्त दफा ११(५) मा रहेको देखिन्छ । निवेदक कानून व्यवसायी नभएको र उक्त ऐनको दफा ११(५) को व्यवस्था संविधानको धारा ११(१) संग बाझिएको भन्न मिल्ने देखिएन । अतः निवेदकको निवेदन तामेलीमा राख्ने गरेको नेपाल कानून व्यवसायी परिषद अनुशासन समितिको मिति २०५२।३।८ निर्णयवाट निवेदकको कुनै मौलिक तथा कानुनी हकमा पूगेको मान्न नमिलेकोले रिट निवेदनको अरु औचित्य तर्फ प्रवेश गरी विपक्षीहरुवाट लिखित जवाफ मगाई रहन परेन ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6238 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2052/10/22 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6238 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
