नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6237 · वि.सं. २०५३

नि.नं. 6237 — निषेधाज्ञा ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदन दावीको पानीको मुहान प्राकृतिक श्रोतको रुपमा रहेको र त्यस प्रकारको प्राकृतिक श्रोतको उपभोग सम्वन्धित सबैले गर्न पाउने नै भएको साथै उक्त मुहानवाट प्रस्तावित खानेपानी योजना संचालन गर्दा निवेदकहरुको सिंचाई लगायतका अन्य कुरामा प्रतिकुल असर पर्ने स्थिति रहेको पनि देखिंदैन । खानेपानी जस्तो अत्यावश्यक कार्यका लागि संचालित हुन गै रहेको आयोजनावाट निवेदकहरुको हक वा स्वामित्वमा असर पर्ने नदेखिने । (प्र.नं. १३) § निवेदकहरुको गाउं विकास समिति अन्तर्गतको क्षेत्रभित्र विवादित पानीको मुहान रहेकै कारण त्यसमा यी निवेदकहरुको मात्र एकलौटी हक हुने अन्य गा.वि.स. वा क्षेत्रका जनताले सो पानीको उपभोग नै गर्न नपाउने भन्न नमिल्ने । (प्र.नं.१३) § पानीको मुहानमा यी निवेदकहरुको हक स्थापित नभएको र प्रस्तावित आयोजनाको कार्यान्वयनले निजहरुको हकहितमा आघात पार्ने संभावना समेत विद्यमान रहेको नदेखिंदा माग अनुसारको निषेधाज्ञाको आदेश जारी नहुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6237
मुद्दाको विषयनिषेधाज्ञा ।
निर्णय वर्ष / मिति2053/02/14
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6237
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्