नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6236 · वि.सं. २०५३
नि.नं. 6236 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कर्मचारीको इच्छा अनुसार विभिन्न क्षेत्रमा सरुवा हुने नभई अख्तियारवालाले खटाए अनुसारको ठाउंमा गई काम गर्नुपर्ने हुन्छ । कर्मचारीको खटिएको ठाउंमा जानु पदीय आचरण भित्रको कुरो पनि हो । यस्तो कुन क्षेत्रमा काम गर्ने भन्ने कर्मचारीको इच्छामा निर्भर नरहेन हुंदा थोरै थोरै समयमा वरावर विभिन्न क्षेत्रहरुमा सरुवा हुन गएमा ज्ञ वर्ष भन्दा वढी अवधी सम्म काम गरे पनि नम्वर नपाउने स्थिति पर्न जाने हुन्छ । तसर्थ लगातार वा अखण्डित रुपमा १ वर्ष सम्म काम गरेको हुनै पर्दछ भन्ने किटानी प्रष्ट कानूनी व्यवस्थाको अभावमा कर्मचारी वर्गको लागि हितकारी हुन जाने हुदैन । कर्मचारी सम्वन्धी ऐन नियमको व्याख्या गर्दा कर्मचारीको हित अनुकुल हुने गरी गर्नु न्याय संगत हुन आउने । (प्र.नं. १६) § साविक नि.से.नि., २०२१ को नियम ३.५.४.(ख)(१) को प्रतिवन्धात्मक वाक्यांश मा १ वर्ष भन्दा कम रुजु हाजिर रहि काम गरेको नम्वर पाउने छैन भन्ने व्यवस्था गरेको तर हालको नयां नि.से.नि., २०५० को नियम ८०(४) मा सामान्य व्यवस्थाको रुपमा रहन आएको देखिन्छ । साविक कानूनमा प्रतिवन्धात्मक व्यवस्थाको रुपमा रहेकाले विशेष रुपको तर हालको ८०(४) मा सामान्य कानूनी व्यवस्थाको रुपमा रहन आएको परिप्रेक्षलार्ई मध्यनजर राखी लोक सेवा आयोगले आफ्नो पुरानो परीपाटीलार्ई यूक्तिसंगत नमानी नयां कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा पटक पटक गरी १ वर्ष सम्म काम गरेकोलार्ई नम्वर दिनु पर्ने भनी गरेको निर्णय कानून विपरित र वेमुनासिव भन्न नमिल्ने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6236 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2052/02/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6236 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
