नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6207 · वि.सं. २०५३
नि.नं. 6207 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
विपक्षी- श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय लोकसेवा आयोग निजामती सेवा ऐन, २०४९ को दफा ५८ को व्यवस्था हेर्दा "कुनै पनि निजामती कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको तलव, उपदान निवृत्तिभरण र अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरुमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ....." भनी उल्लेख गरेको देखिन्छ । तर कर्मचारीको बढुवा सम्बन्धी विषय परेको देखिएन । उक्त दफामा उल्लेख गरिएको तलब, उपदान, निवृत्तभरण शब्द पछि रहेको "अन्य सुविधा सम्बन्धी सेवाका शर्तहरु" भन्ने बाक्यांशको अर्थ गर्दा तलव, उपदान र निवृत्तिभरण समेतको परिप्रेक्ष्यमा अर्थ गर्नु पर्ने । (प्र.नं. ७) तलब, उपदान र निवृत्तभरण शब्दहरुले कर्मचारीले पाउने आर्थिक सुविधालाई लक्षित गरेको देखिँदा अन्य सुविधाले तलव, उपदान र निवृत्तभरण बाहेक अन्य शिर्षक अन्तर्गत कर्मचारीले पाउने सोही अनुरुपका सुविधालाई संकेत गरेको देखिने। (प्र.नं. ७) बढुवा सम्बन्धी कुरा कर्मचारीको कानूनी हकको रुपमा देखिन्छ । अर्थात कर्मचारीले सेवाको न्यूनतम शर्तहरु पुरा गरेपछि बढुवाको प्रत्याशीको लागि कानूनी हकको रुपमा प्रयोग गर्न पाउने हुन्छ । (प्र.नं. ७) निजामती सेवा ऐन, २०४९ को व्यवस्था हेर्दा पनि ऐनको परिच्छेद ३ मा निजामती सेवाको पदपूर्ति विभिन्न आधार मध्ये बढुवाको माध्यमबाट पनि हुने व्यवस्था गरेको देखिन्छ । त्यस्तै गरी ऐनको दफा ७५ ले सबै निजामती सेवाहरुमा सामान्य रुपले लागू हुने वा बेग्ला बेग्लै सेवा वा समूहको लागि श्री ५ को सरकाले पृथक रुपले लागू हुने नियमहरु बनाउन सक्ने समेत व्यवस्था गरेबाट पनि ऐनको दफा ५८ ले व्यवस्था गरेको अन्य सुविधा सम्बन्धी शर्तहरुमा निवेदन जिकिरको विषय समाहित भएको मान्न नमिल्ने । (प्र.नं.७) निवेदन जिकिरको बढुवा सम्बन्धी विषय निजामती सेवा ऐन,२०४९ को दफा ५८ अन्तर्गत नपरेबाट पुर्व ऐन नियम बमोजिम निर्धारित भएको बढुवा सम्बन्धी व्यवस्था लागू हुनु पर्ने भन्ने निवेदकको जिकिर कानूनसंगत नदेखिने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6207 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2051/04/06 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6207 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
