नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6206 · वि.सं. २०५३
नि.नं. 6206 — उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
विपक्षी- श्री प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय गुल्मी नोकरीबाट अन्त गर्ने निर्णय अधिकार प्राप्त अधिकारीले आफ्नो न्यायिक मनको प्रयोग गरी अन्त गरेको नदेखिई छानविन समितिको सिफारिस निर्णयको आधार नोकरीको अन्त गरेको पाईन्छ । त्यस्तो नोकरीको अन्त गर्दा भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी अवकास दिने उल्लेख भएको छ । सजाय सरहको सो निर्णय कानून बमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । (प्र.नं. १८) नेपाल निजामती सेवा ऐन, २०१३ एवं निजामती सेवा नियमावली, २०२१ मा छानविन समितिको व्यवस्था भएको पाईन्न । उक्त छानविन समिति कुनै कानूनको आधारमा खडा भएको पनि देखिन्न । कानूनले अधिकारै नदिएको छानविन समितिको सिफारिस निर्णयको आधारमा अधिकार प्राप्त अधिकारीले नोकरी अन्त गर्न मिल्ने कुरा होइन । (प्र.नं. १८) मिति २०४८।६।४ को निजामती सेवा नियमावलीले कारवाही र सजाय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए पनि निवेदकको नोकरीको अन्त गर्दा छानविन समितिको निर्णय सिफारिसमा भएको देखिँदा अधिकार प्राप्त अधिकारी स्वयंले ठहर्याई निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्र.नं.१९) छानविन समितिको सिफारिस निर्णयलाई आधार मानी परिक्षणकालमा रहेको निवेदकको नोकरी अन्त गरेको निर्णय कानूनसम्मत नभई त्रुटिपुर्ण देखिँदा उक्त मिति २०४८।११।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई परिक्षणकालमा रहेको पुर्ववत सेवामा बहाल गर्नु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश समेत जारी हुने । ( प्र.नं. २०) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6206 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2053/02/03 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6206 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
