नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6198 · वि.सं. २०५३

नि.नं. 6198 — लेनदेन.

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुख्यतः जग्गा पास गरी दिने लिने करार गरेको र सो पास गरी दिएन पास गराई पाऊँ वा पास गरी दिएन पास गरी लिनुपर्ने गरी पाऊँ भनी करारका मुख्य विषयमा कुनै पक्ष पनि नआई उक्त अनुसारको लिखत हुँदा लेनदेन गरेको रकमको विषयमा विवाद परेको देखिन्छ । यस्तो नावट्टाको प्रकृतिको लिखत गरी लेनदेन गरेको लेनदेन व्यवहारको २ नं. बाहेकको अवस्थाको लेनदेनमा उक्त महलको ४० नं. अन्तर्गत पर्ने भनी यस अदालतबाट बैनाबट्टाको रुपमा भएको लेनदेनमा लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने भन्ने पृथ्वी बहादुर वि. नेपाल खाद्य संस्थान भएको लेनदेन मुद्दामा समेत सिद्धान्त प्रतिपादन (ने.का.प. २०४१ पु.नि.नं. १९२० पृष्ठ २००) भै रहेको देखिन्छ । प्रस्तुत मुद्दामा करार ऐन, २०२३ को दफा १८(२) अन्तर्गतको हदम्याद भित्र नपरेको भनी पुनरावेदन अदालत बुटवलले फिराद खारेज गर्ने गरेको फैसला मिलेको नदेखिंदा बदर हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6198
मुद्दाको विषयलेनदेन.
निर्णय वर्ष / मिति2053/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6198
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्