नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6190 · वि.सं. २०५३

नि.नं. 6190 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश मुद्दामा वादी प्रतिवादी दुबै पक्षसंग तायदाती फाँटवारी माग्नुको मूल तात्पर्य दुवै थरीले आ-आफ्नो जिम्मा जानकारीमा रहेको सम्पत्तिको विवरण पेश गरुन् भन्ने हुँदा फाँटवारी पेश गर्ने दायित्व वादी प्रतिवादी दुवै पक्षको रहने । (प्र.नं.१५) अंश मुद्दा भन्दैमा सम्पत्तिको विवरण पेश गर्ने दायित्व एक पक्षको उपर मात्र रहन्छ भनी अर्को पक्षको दायित्वलाई नजर अन्दाज गर्न नमिल्ने । (प्र.नं. १५) अंश दपोट मुद्दामा अंश लाग्ने सम्पत्ति अर्को पक्षले दपोट गर्‍यो भनी कुनै पक्षले दाबी लिन्छ भने सो सम्पत्ति अंश मुद्दाको तायदाती फाँटवारी दाखेल गर्ने कारवाहीको अवस्थामा दाबी गर्ने पक्षको जानकारीमा थियो थिएन ? अर्को पक्षले अंशियारको हक मेटाउने नियतले उक्त सम्पत्ति निजले दबाए छिपाएको अवस्था देखिन्छ देखिदैन ? भन्ने तर्फ समेत विचार गर्नु पर्ने । (प्र.नं. १५) अंश मुद्दाको तायदातीमा अर्को पक्षले कुनै सम्पत्तिको विवरण पेश गरेन भनी कसैले अंश दपोटमा दाबी लिंदैमा त्यो दपोट ठहर्ने अवस्था नहुने । (प्र.नं. १५) अंश मुद्दाका प्रतिवादी यी पुनरावेदकको नाउँमा दर्ता समेत नरहेको विवादित सम्पत्तिहरु प्रतिवादीको तायदातीमा उल्लेख नभएको भन्ने कारणबाट मात्र निजले दपोट गरेको ठहराउन सर्वोच्च अदालतले अवलम्बन गर्दै आएको सिद्धान्तबाट समेत मिल्ने नदेखिने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6190
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2052/06/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6190
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्