नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6185 · वि.सं. २०५३
नि.नं. 6185 — दर्ता बदर हक कायम दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
डिलमा रहेका जग्गाहरु कसैका नाउँमा दर्ता हुंदैमा सो संग जोडिएको पोखरी समेत संधियारको हक भोगको जग्गा हो भनी अनुमान गर्नु केवल आत्मनिष्ठ अनुमान हुने । (प्र.नं. ८) पुनरावेदकहरुको मधेश माल सवाल ऐनमा पोखरीमा परेको जग्गाको मालपोत मिन्हा गर्न सकिने सो बमोजिम मालपोत मिन्हा भएको तर लगत कट्टा नभएको भन्ने जिकिरका सम्बन्धमा मालपोत मिन्हा भएपछ लगत कट्टा नै नभएको प्रमाण समेत पेश दाखिला गर्नु नसकेको केवल फिरादमा उक्त कुरा उल्लेख गर्दैमा विश्वास गर्न सकिने आधार नभएबाट उक्त जिकिर सत्य तथ्यमा आधारित रहे भएको नदेखिने । (प्र.नं. ८) जग्गाको सर्भे नापीमा फिल्डबुक तयार गर्दा जग्गाधनीको नाम खाली राखी उक्त जग्गाको जग्गाधनी श्री ५ को सरकार भएको भन्ने कुरालाई पुनरावेदक वादीहरुले आफ्नो फिरादमा उल्लेख गरेतापनि उक्त जग्गाको पूर्वतर्फ रहेको सार्वजनिक सडक र भैरव मन्दिर समेत रहे भएबाट पोखरीलाई वादीहरुको हकभोगको भन्न मान्न मिल्ने अवस्था नदेखिनुका साथै श्री ५ को सरकारका नाउँमा नापी दर्ता समेत भैरहेको कुरालाई मौकैमा थाहा भएन भन्ने जिकिर प्रतितलायक मान्न नमिल्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6185 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर हक कायम दर्ता |
| निर्णय वर्ष / मिति | 2052/10/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6185 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
