नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6183 · वि.सं. २०५३

नि.नं. 6183 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट निवेदक स्वयंको कुनै दायित्व बैंक प्रति रहेको भन्ने कतैबाट देखिंदैन । रिट निवेदकले आफ्नो श्रीमतिको नाउँको जेथा फुकुवा हुन्छ भन्ने विश्वासको भरमा आफूले व्यहोर्नु नै नपर्ने दायित्वमा खुद आसामीले बाँकी रकम बुझाएमा हिसाब मिलान गर्ने गरी आसामीबाट ऋण चुक्ता गराउन अग्रसरता देखाएको सम्म देखिन्छ । त्यस्तो रकम जे जुन शर्तमा जम्मा गरिएको छ त्यो भन्दा बाहिर गई रिट निवेदकको इच्छा विपरीत फिर्ता नदिई रोक्का राख्न वा आसामीको हिसाब मिलान गर्न पाउने विपक्षी बैंकलाई कुनै कानूनी हक अधिकार भएको नदेखिने । (प्र.नं.१७) रिट निवेदकले जे जुन शर्तमा आफ्नो धन राशी विपक्षी नेपाल बैंकमा जम्मा गरेको छ सो भन्दा बाहिर गै सो धनराशी लिन खान वा निवेदकलाई फिर्ता नदिनाले रिट निवेदकको सम्पत्ति सम्बन्धी संवैधानिक हक अधिकार हनन हुने स्पष्ट हुँदा रिट निवेदकले मिति २०४८।३।३२, २०४८।४।१ र २०४८।४।२ मा जम्मा गरेको रु.३,०८०००।- (तीन लाख आठ हजार) रकम निजलाई फिर्ता दिनु भनी विपक्षी नेपाल बैंक लिमिटेड नारायणगढ चितवनको नाउँमा परमादेश जारी हुने । (प्र.नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6183
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2052/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6183
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्