नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6180 · वि.सं. २०५३

नि.नं. 6180 — अर्को तमसूक गराई पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

लेनदेन व्यवहारको १ नं. मा एकपटक गरेको लिखत हराई वा दैवी परी अर्को लिखत गराई पाऊँ भन्ने मुद्दा गरी हक कायम गराउनु पर्ने उक्त १ नं. मा वर्णित कार्यविधि पुरा गरी लिखत हराएको प्रमाणित गरिसकेपछि असामीले अर्को लिखत गराई माग्न अदालतमा नालेश गरेको हुनुपर्ने देखिन्छ, तर प्रस्तुत मुद्दामा लेनदेन मुद्दा दिईसकेपछि मात्र यो फिराद गरेको र लिखत दैवी परेको भन्ने तथ्यको कानून बमोजिम प्रमाणित गराई राख्न सकेको समेत नदेखिंदा दैवी परेको पक्का प्रमाणको अभावमा वादी दाबी पुग्न नसक्ने ठहराई पुनरावेदन अदालत नेपालगंजबाट भएको इन्साफ मुनासिब देखिंदा सदर हुने । (प्र.नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6180
मुद्दाको विषयअर्को तमसूक गराई पाऊँ ।
निर्णय वर्ष / मिति2052/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6180
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्