नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6178 · वि.सं. २०५३
नि.नं. 6178 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
रिट निवेदक प्रहरी सहायक निरीक्षक दर्जाको कर्मचारी भनी रिट निवेदकले नै उल्लेख गरेको पाइन्छ । प्रहरी सहायक निरीक्षक दर्जाका कर्मचारीलाई नियुक्ती गर्ने अधिकारीमा प्रहरी महानिरीक्षक र प्रहरी नायब महानिरीक्षक दुवै रहने व्यवस्था प्रहरी नियमावली, २०४९ को नियम १०(ख) ले गरेको पाइन्छ । नियुक्ति गर्ने अधिकारीले सजाय गर्न सक्ने भएकोले निवेदकले अधिकारक्षेत्रात्मक त्रुटी भएको भनी उठाएको जिकिर मनासिव देखिन नआउने । (प्र.नं.७) निवेदकले सरकारी कामको सिलसिलामा खटिंदा लिई गएको हतियार तथा गोली निजले नजिकको प्रहरी कार्यालयमा जिम्मा नलगाई आफ्नो घरमा गै सिरानी मुनी राखेकोमा चोरी भयो भन्ने सम्बन्धमा निजकै लापरवाहीबाट उक्त निवेदकको जिम्माको रिभल्वर चोरी भएको तथ्यमा विवाद नदेखिएकोले आधार प्रमाण बिना सजाय गरियो भन्ने निवेदकको दोश्रो जिकिर पनि मनासिव नदेखिंने । (प्र.नं.७) निवेदकले बढुवाको सिफारिश भएको भनी निवेदन जिकिर लिएतापनि निजले बढुवाको कारवाही समाप्त भै निजले नियुक्ति पाइसकेको वा पदमा बहाल गरेको समेत नदेखिंदा रिट निवेदकको माग अनुसार निजलाई प्रहरी नायव निरीक्षक पदमा बहाल गराउने भन्ने परमादेश जारी गर्न नमिल्ने । (प्र.नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6178 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2052/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6178 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
