नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6177 · वि.सं. २०५३
नि.नं. 6177 — कुत मोही
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादित जग्गाको मोही पुनरावेदक प्रतिवादी भएकोमा विवाद छैन । दाबीको २०४९ सालको कुत बाली जग्गा धनीलाई बुझाएको तथा नबुझेकोले यो यस ठाउँमा धरौट राखेको छु भनी प्रतिवादीले भन्न सकेको पाइदैन । दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाको उजुरीको आधारमा सम्बन्धित भूमी सुधार अधिकारीले त्यस्तो मोहीलाई निष्कासन गर्न आदेश दिन सक्ने कानूनी व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(१) मा भएको पाइन्छ । पहिलोपटक बाली नबुझाउने मोहीको मोहियानी हक यथावत रहने गरी भूमि सम्बन्धी ऐनले त्यस्तो मोहीलाई सहुलियत दिएको समेत देखिंदैन । अतः कानून बमोजिमको आफ्नो दायित्व निर्वाह नगर्ने मोहीलाई मोहीको रुपमा यथावत कायम राख्न उपयुक्त नहुने र भूमि सम्बन्धी ऐनको त्यस किसिमको मनसाय समेत रहे भएको नदेखिने । (प्र.नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6177 |
|---|---|
| मुद्दाको विषय | कुत मोही |
| निर्णय वर्ष / मिति | 2053/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6177 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
