नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6173 · वि.सं. २०५३
नि.नं. 6173 — जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
दरपीठ कीर्ते हो भनी वादीले यस अदालतमा पुनरावेदन कारवाही चलाइएको पाइएन । सक्कल राजीनामा लिखतमा दरपीठ गरी वादीले छोडपत्र गरी दिएको सद्दे सांचो देखिएपछि त्यस्तो जग्गामा उक्त लिखतको आधारबाट मेरो हक छ, जग्गा पजनीको २(क) नं. बमोजिम मेरो नाउँमा दा.खा. हुने हुँदा प्रतिवादीको दर्ता बदर गरीपाऊ भन्ने वादीको दाबी पुग्न नसक्ने । (प्र.नं.२१) मुलुकी ऐन, रजिष्ट्रेशनको महलको ३७ नं. बमोजिम अड्डाको श्रेस्ता नसच्याएको कारणबाट वादीको हक कायम रहेको भन्न नमिल्ने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6173 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2052/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6173 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
