नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6170 · वि.सं. २०५३

नि.नं. 6170 — कुत दिलाई मोहीबाट निष्कासन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

अड्डाबाट जारी भएको समाह्वान इतलायनामाको म्याद तारेखमा प्रतिवादी नदिई म्याद गुजारी बसेका झगडियाको ऐन बमोजिम एकतर्फी प्रमाण बुझी भएका फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने अ.बं. २०८ मा र मुलुकी ऐन अदालती बन्दोबस्तको महलको २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने म्याद प्राप्त गर्ने प्रत्यर्थीले चाहेमा पुनरावेदन पत्र र अदालतको आदेशलाई लिखित रुपमा प्रतिवाद गरी आफ्नो व्यहोरा प्रस्तुत गर्न सक्नेछ भन्ने पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४८ मा कानूनी प्रावधान भएको र शुरु अदालत, निकाय वा अधिकारीले गरेको निर्णयमा तात्विक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरी न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा कानूनी व्यवस्था भएको र विषय विषयमा छुट्टाछुट्टै बनेका कानूनमा लेखिए जतिमा सोही कानून बमोजिम र सो कानूनमा नलेखिएकोमा यही मुलुकी ऐन बमोजिम गर्नु पर्छ भन्ने मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. मा कानूनी व्यवस्था भएको देखिनाले समेत शुरुमा प्रतिवाद नगर्ने प्रतिवादीले शुरु जिल्ला अदालतको फैसला पुनरावेदन अदालतबाट केही उल्टी भएकोमा पुनरावेदन गर्न पाउने नपाउने कानूनी प्रश्न समावेश भएको स्थितिमा फैसलाको तपसिल खण्डमा पुनरावेदनको म्याद दिनु भन्ने उल्लेख नभएको भन्ने आधारमा २०५१।२।२७ मा पुनरावेदन अदालतको रजिष्ट्रारबाट दरपिठ भएको आदेश सदर गर्ने गरी पुनरावेदन अदालत एक न्यायाधीशको इजलासबाट भएको २०५१।४।११ को आदेश मिलेको नदेखिने। (प्र.नं. २ )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6170
मुद्दाको विषयकुत दिलाई मोहीबाट निष्कासन ।
निर्णय वर्ष / मिति2052/05/09
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6170
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्