नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6168 · वि.सं. २०५३
नि.नं. 6168 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनले कुनै अधिकार प्राप्त अधिकारीलाई कानूनी प्रक्रिया अनुरुप सजाय गर्न पाउने व्यवस्था तोकेको छ भने सोही अधिकारीले कानूनी प्रक्रिया पुर्याएर मात्र सजाय गर्नु पर्ने हुन्छ । निवेदकलाई कानूनी अधिकार प्राप्त अधिकारीबाट सजाय भएको भन्ने देखिँदैन । तसर्थ त्यसरी भए गरेको सजाय पनि कानूनसम्मत मान्न नमिल्ने। (प्र.नं. १३) संचालक समितिबाट निवेदकको हकमा पुनरावेदन सुनी निर्णय गर्ने व्यवस्था नभएको अवस्थामा पुनरावेदन निर्णय समेत रितपुर्वक कानून अनुकुल भएको मान्न नसकिने। (प्र.नं. १३) अतित प्रभावी हुने गरी एक तह मुनीको पदमा घटुवा गर्ने गरेको समेत निर्णय कानूनको दृष्टिमा त्रुटिपुर्ण देखिने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6168 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2052/04/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6168 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
