नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6167 · वि.सं. २०५३

नि.नं. 6167 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकको उद्योग औद्योगिक व्यवसाय ऐन, २०३८ बमोजिम दर्ता भै २०४५।३।६ देखि उत्पादन भएको र उत्पादनमुलक सानो उद्योग भएको कुरामा कुनै विवाद देखिँदैन । औद्योगिक व्यवसाय ऐन, २०३८ को तत्कालिन दफा १० को खण्ड (क) को (२) (क) मा २० देखि ५० प्रतिशत सम्म मुल्य अभिवृद्धि गर्ने उद्योगलाई पाँच बर्ष सम्म शतप्रतिशत आयकर छुट दिनेछ भन्ने उल्लेख भएको छ । उक्त व्यवस्था बमोजिम उद्योगको उत्पादन खर्चको हिसाव समेत देखाई आयकर छुटको लागि कारवाही चलाएकोमा पुनः मुल्य अभिवृद्धि गणना गर्दा साविक झै ११.९६ प्रतिशत मात्र मूल्य अभिवृद्धि गणना भएको हुँदा आयकर छुट सुविधा प्रदान गर्न सक्ने नदेखिएको व्यहोरा २०५०।११।६ को निर्णयानुसार सुचना गरिन्छ भन्ने उद्योग विभागको २०५०।११।९ को पत्रमा उल्लेख भएको देखिन्छ । तर प्रत्यर्थी उद्योग विभागले निवेदकले देखाएको कलकत्तामा क्लेरीङ एजेन्टलाई तिरेको रकम प्रिअपरेशन लागतमा देखाएको रकम र विदेशबाट आयातित कच्चा पदार्थको मूल्यमा देखाएको रकम मुल्य अभिवृद्धिको प्रतिशत कायम गर्दा घटि अंकमा गणना गरेको कुनै कारण उल्लेख गरिएको समेत देखिएन । साथै निज निवेदकले मुल्य अभिवृद्धिको प्रतिशत कायम गर्ने सिलसिलामा उल्लेख गरेको अन्य खर्च जस्तै भन्सार कर दस्तुर सम्बन्धमा पनि सो गणना गर्न मिल्ने नमिल्ने के हो उक्त निर्णयमा नबोलिएकोले श्री ५ को सरकार उद्योग विभागको मिति २०५०।११।६ को निर्णय कानूनको रित पुर्‍याई भए गरिएको नदेखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिमका आधारयुक्त निर्णय गर्नु भनी परमादेश समेत जारी हुने । निवेदक तर्फबाट- विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनोडिया विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापति

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6167
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2053/01/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6167
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्