नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6166 · वि.सं. २०५३

नि.नं. 6166 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सामान्यतया अर्को व्यक्तिको नामबाट सही गर्ने गराउने व्यक्तिले वास्तविक नामधारी व्यक्तिबाट लुकीछिपी नै त्यस्तो क्रिया गर्ने स्वाभाविक हुँदा त्यस्तो कीर्ते जालसाजीपुर्ण कार्यमा वास्तविक व्यक्तिहरुको संलग्नता थियो वा निजहरुलाई सो को जानकारी थियो भनी अन्यथा प्रमाणित नभएसम्म अदालतले अनुमान गर्न नमिल्ने। ( प्र.नं. १२) बस्तुतः अड्डामा फिराद दर्ता गराउने व्यक्तिको म्याद तामेलमा कुनै किसिमको भूमिका हुने नभई सम्बन्धित अड्डाको सम्बन्धित कर्मचारीको प्रत्यक्ष संलग्नता रहने हुँदा सो फिरादको आधारमा तामेल भएको म्याद जालसाजीपुर्ण देखिन आएमा फिराद दिएको कारणले मात्र फिरादकर्ताको संलग्नता थियो भन्न कानूनतः मिल्ने नदेखिने । (प्र.नं. १३) जुन कर्मचारीबाट म्याद तामेलीको क्रिया भएको हो सो क्रियालाई कीर्ते जालसाज भनी वादीले दावी लिएता पनि म्याद तामेलीको यावत प्रक्रियामा प्रमुख भूमिका राख्ने सम्बन्धित तामेलदार उपर कुनै दावी लिएको पाईदैन । केवल फिराद दिने र म्याद तामेलीमा साक्षी बस्ने भनिएका व्यक्तिहरु उपर दावी लिएकोबाट त्यस्तो कीर्ते जालसाजीपुर्ण म्याद तामेलीमा प्रतिवादी सुधिर कुमारको सहभागिता कहिकतैबाट प्रमाणित हुन आएको नहुँदा निजलाई कसूरबाट सफाई दिने ठहराएको पुनरावेदन अदालत राजविराजको फैसला मनासिव ठहर्ने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6166
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2052/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6166
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्