नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6163 · वि.सं. २०५३

नि.नं. 6163 — परमादेश लगायत जो चाहिने अन्य आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

तत्कालिन प्रहरी नियमावली, २०३३ को नियम १०, ११ तथा हालको प्रहरी नियमावली, २०४९ को नियम ११० मा नोकरी अवधि गणना गर्दा शाही नेपाली सेना वा प्रहरी सेवा वा पदमा स्थायी नियुक्ति भै नोकरी गरेको जम्मा अवधि (बीचमा टुटेको भए सो टुटेको अवधि कटाई ) लाई गणना गरिनेछ । उपदान पाई सकेको व्यक्ति प्रहरी सेवा वा पदमा नियुक्ति भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिनेछ भन्ने व्यवस्था गरिएको देखिन्छ । यसरी प्रहरी सेवा वा शाही नेपाली सेना तर्फ गरेको नोकरी अवधि मात्र पछि गरेको प्रहरी सेवामा पहिलेको उपदान फिर्ता गरेमा जोडिन सक्ने देखिन आयो । निजामती सेवा तर्फ बाग्लुङ्ग जिल्ला अदालतको अर्दली पदमा गरेको नोकरी अवधि समेत जोडिनु पर्छ भन्ने निवेदक तर्फको विद्वान अधिवक्ताको वहससँग सहमत हुन नसकिने । (प्र.नं. ८) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री टिकाराम भट्टराई विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6163
मुद्दाको विषयपरमादेश लगायत जो चाहिने अन्य आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2052/10/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6163
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्