नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6162 · वि.सं. २०५३

नि.नं. 6162 — बन्दीप्रत्यक्षीकरण एवं अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरि पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

श्रीमती डा. सिरु चालिसेले नाबालक छोरालाई बन्दी बनाई भेटघाट समेत गर्न नदिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनु पर्छ भने निवेदकको मुख्य निवेदन जिकिर रहेको र उक्त नाबालक छोरा आमाको संरक्षकत्वमा रहेको हो बन्दी बनाएको छैन । विपक्षी छोरासित भेटघाट गर्न नआउनु भएकोले भेटघाट नभएको हो झुठ्ठा रिट निवेदन खारेज गरी पाउँ भन्ने प्रत्यर्थीको मुख्य लिखित जवाफ जिकिर रहेको देखिन्छ । यसमा लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद भएकै अवस्थामा पनि पाँच बर्ष उमेर नपुगेसम्म आमाले आफै पाल्न चाहेमा निजले र निजले पाल्न नचाहेमा बाबुले पाल्नु पर्छ भन्ने मुलुकी ऐन, लोग्ने स्वास्नीको ३ नं. को देहाय १ मा प्रष्ट कानूनी व्यवस्था भएको देखिन्छ । नाबालक राहुल चालिसे ५ वर्ष मुनिका हुन भन्ने कुरामा विवाद छैन । निज नाबालक आमासँग छन् भन्ने कुरामा पनि विवाद छैन । आमाले पाली राखेको अवस्थामा बच्चा गैर कानूनी थुनामा रह्यो भन्न नमिल्ने । (प्र.नं. ८) निवेदक तर्फबाट- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी तर्फबाट- विद्वान अधिवक्ता श्री रामकृष्ण निराला र विद्वान अधिवक्ता श्रीमती शान्ता थपलिया ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6162
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण एवं अन्य उपयुक्त आज्ञा वा पुर्जी जारी गरि पाऊँ ।
निर्णय वर्ष / मिति2052/10/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6162
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्