नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6155 · वि.सं. २०५३

नि.नं. 6155 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय नुतनराज श्रेष्ठ, श्री ५ को सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर काठमाडौं सेवा परिवर्तन भन्नाले एक सेवाबाट अर्को सेवा परिणत गरेको वा मिलाइएको भन्ने जनाउँछ, सोबाट नयाँ नियुक्ति भन्ने अर्थ गर्न नमिल्ने । ( प्र.नं. २७) श्री ५ को सरकारको निर्णयमा नै प्रष्ट शब्दमा कायम रहेका पदहरुलाई नै निजामती सेवाको प्रशासन तर्फको पदमा कायम गरी यी पदमा पुरानो सेवा समेत जोडि सेवा परिवर्तन गरिएको भन्ने देखिँदा अन्यथा अर्थ गर्न नमिल्ने प्रष्ट छ । अब सेवा वा समूह परिवर्तन गर्दाको अवस्थामा लागू रहेको निजामती सेवा नियमावली, २०२१ मा तत् सम्बन्धमा गरेको व्यवस्था हेर्दा निजामती सेवा नियमावली (संशोधन सहित) , २०२१ को नियम ३.३.(८क.) को (च) र (छ) प्रासंगिक देखिन्छ । (च) मा आफ्नो इच्छाले सेवा परिवर्तन गरेको मितिले दुई बर्षसम्म भन्ने र (छ) मा आफ्नो इच्छाले समूह वा उप समुह परिवर्तन गराएको भए त्यसरी समूह वा उपसमूह परिवर्तन गरेको मितिले एक बर्षसम्म (बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाईने छैन) भनी व्यवस्था गरेको देखिन्छ । हाल बहालमा रहेको निजामती सेवा नियमावली, २०५० को नियम १३८ खारेजी र बचाउ शीर्षक अन्तर्गत (२) मा निजामती सेवा नियमावली, २०२१ बमोजिम भए गरेको काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिन्छ भन्ने बचाउ गरेको देखिन्छ। यसरी सेवा परिवर्तन गर्दाको अवस्थामा उपरोक्त उल्लेखित तत्कालिन बहालमा रहेको निजामती सेवा नियमावली, २०२१ को नियम ३.३.(८.क) को (च) र (छ) को बन्देज कर्मचारीको स्वइच्छाले सेवा वा समूह परिवर्तन गरिएको अवस्थामा मात्र लागू भै क्रमश २ र १ बर्ष सम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने प्रष्ट छ । तर निवेदकले त्यस्तो सेवा वा समूह परिवर्तन गर्दा गराउन कुनै पहल गरेको वा निजको निवेदनको आधारमा सेवा वा समूह परिवर्तन भएको भन्ने कुरा विपक्षीहरुको लिखित जवाफमा भन्न र प्रमाण दिन सकेको छैन । बरु निवेदकको सेवा र समूह परिवर्तन गर्ने सम्बन्धमा श्री ५ को सरकारको निर्णयबाटै श्री ५ को सरकारको स्वईच्छानुसार नै निवेदकको सेवा र समूह परिवर्तन भएको देखिएको र तत्कालिन निजामती सेवा नियमावली, २०२१ को नियम ३.३ (८.क) को सम्बन्धमा उल्लेखित स्पष्टिकरणको (२) मा कुनै कर्मचारीको आफ्नो इच्छाले नभई श्री ५ को सरकार वा अख्तियारवालाले नै निजको योग्यतानुसारको कामको प्रकृति मिल्दो पदमा सेवा समूह वा उपसमूह परिवर्तन गरी दिएको भए त्यस्तो कर्मचारीको सम्बन्धमा खण्ड (च) र (छ) को बन्देज लागू हुने छैन भनी प्रष्ट व्यवस्था रहे भएको देखिँदा तत्कालिन निजामती सेवा नियमावली, २०२१ को नियम ३.३. (८.क) को (च) र (छ) को बन्देज निवेदकको हकमा लागू हुन नसक्ने। (प्र.नं.२७) कुनै कर्मचारीको सेवा वा समूह वा दुवै परिवर्तन गर्नु पर्ने आवश्यकता परी श्री ५ को सरकारले लोक सेवा आयोग कार्यविधि नियमहरु, २०२७ को परिच्छेद ५ का विभिन्न नियमहरुमा तोकेको कार्य व्यवस्था बमोजिम निवेदकको सेवा परिवर्तन सम्बन्धमा लोकसेवा आयोगले परामर्श समेत प्रदान गरेको परामर्श दिँदाको अवस्था कुनै प्रकारको अन्यथा प्रतिक्रिया नजनाई लोक सेवा आयोगको परामर्श बमोजिम सेवा परिवर्तन गर्ने श्री ५ को सरकारले निर्णय गरेपछि सेवा परिवर्तन हुनु भन्दा अघिको अबधिलाई सेवा अवधिमा जोड्न नमिल्ने भनी गरेको निर्णय उपरोक्त उल्लेखित कानूनको परिप्रेक्ष्यमा कानूनसंगत देखिँदैन । यसरी लोक सेवा आयोगको मिति २०४७।४।४ को परामर्श अनुसार श्री ५ को सरकारको मिति २०४७।६।१९ को निर्णयानुसार यी पदमा पुरानो सेवा समेत जोडी परिवर्तन गरिएको भनी निवेदक प्रशासन सेवाको द्वितीय श्रेणीको पदमा पुरानो सेवा समेत जोडि पदाधिकार कायम भएको पूर्वको सेवा अवधि बढुवाको प्रयोजनको लागि कायम नरहने गरी गरेको लोक सेवा आयोगको मिति २०५१।६।१६ को निर्णय कानून अनुकूल देखिन नआएकोले सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ र वढुवा समितिको निर्णयानुसार भएको वढुवा कायम गरी निवेदकलाई सो वढुवाको नियुक्ति पत्र दिनु भनी श्री ५ को सरकार सामान्य प्रशासन मन्त्रालयको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. २८) निवेदक तर्फबाट – विद्वान बरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा विद्वान अधिवक्ता अनुपराज शर्मा विद्वान अधिवक्ता श्री हरि न्यौपाने विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नन्दबहादुर सुवेदी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6155
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2053/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6155
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्