नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6153 · वि.सं. २०५३

नि.नं. 6153 — माघ २९ गते २०५२ साल खण्ड ४५ अतिरिक्ताङ्क ४४ (ख) को राजपत्रमा प्रकाशित श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना संविधानसँग बाझिएकोले प्रारम्भ देखि नै असमान्य र बदर घोषित गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै पनि अधिकारी वा व्यक्ति समेतलाई भन्सार सुविधा तथा बिक्रि कर समेतको सुविधा दिने अधिकार श्री ५ को सरकारमा रहेको कुरामा विवाद रहेन । ऐनले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले जो सुकै व्यक्तिलाई सुविधा दिन सक्ने भएपछि ऐनको वैधता कायम रहेसम्म त्यस्तो सूचनाबाट पाउने सुविधालाई अन्यथा मान्न मिल्ने नदेखिने । (प्र.नं. ९ ) ऐनको वैधता कायम रहेसम्म त्यस्तो ऐनद्वारा प्रदत्त अधिकार प्रयोग गरी प्रकाशित सूचनालाई अवैध घोषित गर्न नमिल्ने । निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री त्रिलोचन गौतम, विद्वान अधिवक्ता श्री ध्रुवचन्द्र रेग्मी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6153
मुद्दाको विषयमाघ २९ गते २०५२ साल खण्ड ४५ अतिरिक्ताङ्क ४४ (ख) को राजपत्रमा प्रकाशित श्री ५ को सरकार अर्थ मन्त्रालयको सूचना संविधानसँग बाझिएकोले प्रारम्भ देखि नै असमान्य र बदर घोषित गरिपाउँ ।
निर्णय वर्ष / मिति2053/02/03
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6153
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्