नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6152 · वि.सं. २०५३
नि.नं. 6152 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
रोक्का रहेको जग्गा निवेदिकाले वेजिल्लामा गै रजिष्ट्रेशन पारित गरेको र दाखिल खारेज हुन बाँकी रहेको भन्ने निवेदन लेखबाट समेत देखिएबाट जग्गाको हक स्वामित्वको मूल प्रमाण नै जग्गा दर्ता श्रेस्ता मान्नु पर्छ । प्रस्तुत विषयमा निवेदिकाको नाउँमा मोठ श्रेस्ताको लागि दाखिल खारेज हुन बाँकी भन्ने निवेदन लेखबाटै देखिएकोले निवेदिकाको हक स्वामित्वमा नै आई नसकेको जग्गा निवेदिकाको दाता लेनदेन मुद्दाका प्रतिवादीको एकासगोलका अंशियारका नाउँमा रहेको जग्गा अदालतको फैसला र कानून बमोजिम लिलाम गर्दा निवेदिकाको सम्पत्ति सम्बन्धी मौलिक हकमा आघात पुग्यो भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ४ )
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6152 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2053/02/14 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6152 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
