नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6151 · वि.सं. २०५३
नि.नं. 6151 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति २०४४।७।१ मा औद्योगिक व्यवसाय ऐनमा दोश्रो संशोधन भै दफा १०(क)(३) को आयकरमा थप २ बर्षे म्यादको अवस्था समाप्त भए पनि दफा १० को उपदफा २ मा भएको व्यवस्था तर्फ दृष्टिपात गर्नु आवश्यक हुन्छ । उक्त ऐनमा यो दफा प्रारम्भ हुन अघि यसै ऐन बमोजिम अनुमति प्राप्त गरी यो दफा प्रारम्भ हुनु अगावै उत्पादन शुरु गर्ने वा अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु गर्ने उद्योगले अवधि किटिएको जति सुविधा सहुलियत र संरक्षणको हकमा अनुमति प्राप्त गर्दाको बखत कायम रहेको व्यवस्था बमोजिम नै पाउनेछ र अवधि नकिटिएको सुविधा सहुलियत र संरक्षणको हकमा यसै दफामा गरिएको व्यवस्था बमोजिम पाउनेछ । तर अनुमति पत्रमा तोकिएको अवधि भित्र उत्पादन शुरु नगर्ने उद्योगले पाउने सुविधा सहुलियत र संरक्षण यसै दफामा गरिएको व्यवस्था बमोजिम हुनेछ भन्ने लेखिएको पाईन्छ । निवेदक उद्योगले यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरेको हो वा अनुमति पत्रमा तोकिएको म्याद सम्बन्धमा उद्योग विभागबाट उत्पादन गर्ने म्याद थप लिई उत्पादन प्रारम्भ गरेबाट उक्त ऐनमा व्यवस्था भए बमोजिम अनुमति प्राप्त गर्दाका बखत कायम रहेको व्यवस्था बमोजिम नै सुविधा पाउने भन्ने स्पष्ट शब्दमा भनिएको व्यवस्था बमोजिम २०४३।१०।१४ मा अनुमति प्राप्त गरेको बखत कायम रहेको दफा १०(क)(३) बमोजिम आयकरमा थप २ बर्ष आयकर छुट पाउने सुविधा प्राप्त गर्न सक्दैन भन्न नमिल्ने । ( प्र.नं. ८) औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२) बमोजिम आयकर छुटको हिसाव किताब र निर्धारण हुनु पर्नेलाई ०४४ सालको संशोधित दफा १० बमोजिमको आयकर छुट प्रदान हुँदैमा दफा १०(क)(३) बमोजिमको थप २ बर्ष आयकर छुट पाउन सक्ने नसक्ने भन्ने प्रश्नमा विचार गर्नु नै पर्दैन भन्ने कानून संगत नहुने । (प्र.नं.९) निवेदकको उद्योग स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग देखिँदा सो उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को पहिलो संशोधन सहितको दफा १०(क)(३) बमोजिमको थप २ बर्षको आयकर सुविधा पाउने हुँदा सो सुविधा नपाउने भन्ने प्रत्यर्थी उद्योग विभागको मिति २०५१।१२।२३ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । निवेदक उद्योगलाई थप २ बर्षको आयकर छुट दिनका लागि सिफारिस दिनु भनी उद्योग विभागका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाट - विद्वान बरिष्ठ अधिवक्ता श्री भक्त बहादुर श्रेष्ठ
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6151 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2053/02/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6151 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
