नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6149 · वि.सं. २०५३

नि.नं. 6149 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

सुर्ति विकास कम्पनीलाई खारेज गर्ने विषयमा मिति २०५१।१।१४ मा विशेष साधारण सभाबाट निर्णय भएको कुरामा विवाद उठाएको देखिन आएन । कम्पनी खारेज गर्ने कार्य कानून बमोजिम सम्पन्न गर्न २०५१।२।१७ मा सरकारी लिक्वीडेटर नियुक्त भएको देखियो । स्वेच्छाले कम्पनी खारेज गरेको अवस्थामा सरकारी लिक्वीडेटर नियुक्त गर्न नमिल्ने भन्ने निवेदकको जिकिरतर्फ विचार गर्दा २०५१।१।१४ को कम्पनी खारेज गर्ने निर्णय हुँदा नै पुर्ण सरकारी स्वामित्व भएको कम्पनी भएकोले सरकारी लिक्वीडेटर नियुक्त गर्न श्री ५ को सरकारलाई अनुरोध गर्ने भन्ने निर्णय भई सोही अनुसार लिक्वीडेटर नियुक्त भएको देखिन आएकोले निवेदकको भनाई स्वीकार योग्य नदेखिने । (प्र.नं. १५) निवेदक कार्यरत भएको कम्पनी नै खारेज भएकोले कम्पनीको केशमा रही रहने अवस्था नपरी अवकास दिएको र कम्पनीमा सेवा गरेको अवधिको कानून अनुसार पाउने रकम दिन तत्पर रहेको र केही कर्मचारीहरुले रकम समेत बुझी सकेको अवस्थामा रिट जारी गर्न नमिल्ने । (प्र.नं. १८) निवेदक तर्फबाट- विद्वान अधिवक्ता श्री हरि उप्रेती विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री सत्यनारायण प्रजापती ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6149
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2053/01/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6149
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्