नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6148 · वि.सं. २०५३
नि.नं. 6148 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिसिल संलग्न तारेख भरपाईबाट २०५०।१।२२।३ मा पुनरावेदन दर्ता गर्दा २०५०।३।२७ गते हाजिर हुन आउनु भनी पुनरावेदकलाई तारेख तोकिएको देखिन्छ । निजले पाएको तारेख पर्चामा मिति २०५०।३।२७ मा हाजिर भै सो मितिबाट २०५०।९।५ गतेको तारेख तोकि पाएको देखिन आउँछ । २०५०।३।२७ का दिन यिनै पुनरावेदक वा. समेत गोवर्धन गुरुङले अंश लिखत दर्ता बदर मुद्दाको पुनरावेदन दर्ता गरी २०५०।५।२७ गतेको तारेख तोकि पाएको सो २०५०।५।२७ को तारेखमा हाजिर हुन जाँदा उक्त मुद्दामा २०५०।९।५ गते हाजिर हुन आउनु होला भनी तारेख तोकि पाएको समेत मिसिल संलग्न तारेख पर्चाबाट देखिन्छ । यसरी पुनरावेदकले प्रस्तुत मुद्दामा तारेख गुजारी बसेको भनेको दिनमा समेत अंश र लिखत दर्ता बदर मुद्दाको तारेखमा हाजिर भै २०५०।५।२७ का दिनको अर्को तारेख तोकि पाएको रहेछ । यसरी यी पुनरावेदकलाई तोकिएको तारेखमा हाजिर हुन जाँदा पुनः २०५०।९।५ को तारेख तोकि पाएको देखिए पछि उक्त गुजारी बसेको भनेको २०५०।३।२७ का दिन समेत यी पुनरावेदक अदालतमा हाजिर भएको देखिने र निजले अदालतमा प्राप्त गरेको प्रस्तुत मुद्दाको तारेख भरपाईमा २०५०।३।२७ बाट २०५०।९।५ गते मात्र तारेख तोकि पाएको देखिन आएको अवस्थामा निजले प्रस्तुत मुद्दामा २०५०।३।२७ गतेको तारेख गुजारेको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १३) अदालतबाट आफुले पाएको पर्चामा तोकि पाएको तारेखका दिन उपस्थित हुन गएको अवस्था समेत देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदकले २०५०।३।२७ को तारेख गुजारी बसेको भनी गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।८।९ को डिसमिस फैसला मिलेको नदेखिने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6148 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2053/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री हरिशचन्द्र प्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५३, नि.नं. 6148 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
