नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6137 · वि.सं. २०५३

नि.नं. 6137 — फैसला बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन तामेलीलाई कीर्ते जालसाजी भन्ने दाबी जिकिर गरी यो फैसला बदरको नालेश वादीले गरेका हुन् सो म्याद जालसाजी कीर्ते मुद्दाको फैसला दोहोर्‍याई पाऊँ भन्ने वादीको निवेदन नै यस अदालतको संयुक्त इजलासबाट मिति २०५२।३।२६ गते तामेलीमा राख्ने आदेश भैसकेकोबाट यो फैसला बदर गर्न दिएको मुल आधार नै अस्तित्व विहिन भै सकेको र लगाउको फौ.पु.नं. ८८७ को कीर्ते जालसाजी मुद्दामा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ नै सदर ठहरी आजै यसै इजलासबाट फैसला भएको समेतका आधार प्रमाणबाट पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.११) अ.बं. ८६ नं. का आधारमा लेनदेन मुद्दामा भएको फैसला बदर गरी पाऊँ भन्ने वादीको फिराद दावी देखिन्छ । अ.बं. ८६ नं. को कानूनी व्यवस्था हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकोले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जाने छ त्यसले थाहा पाएको पैतिस दिन भित्र यसमा हाम्रो पनि हक लाग्छ यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होईन भनी आफ्नो हक जतिमा झगडियाका नाउँमा नालिश दिए इन्साफ गरी दिनु पर्छ भन्ने व्यवस्था भएबाट यी पुनरावेदक वादी स्वयं फैसला बदर गर्न माग गरिएको लेनदेन मुद्दाको प्रतिवादी भएको देखिँदा अ.बं. ८६ नं. को सुविधा निजले पाउन सक्ने भन्न नमिल्ने । (प्र.नं.११) कुनै दुई पक्ष मिलि आपसमा मुद्दा गरी फैसला मिलापत्र ईत्यादि गराई तेश्रो पक्षको हक जाने कृया भएको रहेछ भने त्यस्तो अवस्थामा मात्र अ.बं. ८६ नं. बमोजिम तेश्रो पक्षले उजुर गर्न पाउने । (प्र.नं.११) पुनरावेदक वादी लेनदेन मुद्दामा तेश्रो पक्ष नभै प्रतिवादी अर्थात दोश्रो पक्ष रहेकोले निजलाई फैसला बदरमा नालेश गर्ने हकदैयाको अभाव रहेको देखिने । (प्र.नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6137
मुद्दाको विषयफैसला बदर
निर्णय वर्ष / मिति2053/01/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6137
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्