नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6136 · वि.सं. २०५३

नि.नं. 6136 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

वन ऐन, २०१८ को दफा ३३(१) मा कुनै व्यक्तिले आफ्नो हक भोगको जग्गामा निजी वन लगाउन सक्नेछ र दफा ३३(२) मा त्यस्तो निजी वनको वन पैदावार निजी वनका धनीले आफूखुशी गर्न पाउने छ भन्ने व्यवस्था रहेको पाईन्छ । यसरी कानूनले नै निजी जग्गाको वन पैदावरलाई निजी सम्पत्तिको रुपमा राखेको देखिने । (प्र.नं.८) व्यक्तिको निजी सम्पत्तिमा प्रतिकुल असर पर्ने कुनै पनि कार्य कानूनको सबै शर्त र प्रक्रिया पुरा गरेर मात्र गर्न सकिने हुन्छ । निजी जग्गामा रहेको रुख कटान गर्न पाऊँ भनी निवेदन दिएकोमा श्री ५ को सरकार (म.प.) को २०४८।१०।२७ को निर्णयानुसार तराई तथा भित्री मधेशका जिल्लाहरुमा साल, कर्मा, आला, खैर, सिमल र चांपका रुखहरुको कटान गर्न नपाउने गरी निर्णय भएको देखिन्छ । वन ऐन, २०१८ को दफा ३६(१) मा यसरी मनाही वा नियन्त्रण गर्दा श्री ५ को सरकारले नेपाल राजपत्रमा आदेश प्रकाशित गर्नु पर्ने अनिवार्य व्यवस्था भएको पाईन्छ । उक्त व्यवस्थानुसार राजपत्रमा आदेश प्रकाशित भएको पनि देखिन आएन । उक्त निर्णयले निजी वनको बारेमा बोलेको पनि देखिएन । श्री ५ को सरकार (म.प.) को २०४८।१०।२७ को निर्णय सोही दफाको विपरीत भएको देखिन आयो । अतः निजी नम्वरी जग्गामा लगाएको वन पैदावार कटान गरी बेचविखन गर्न कानून बमोजिम इजाजत दिनु पर्नेमा रुख कटानको इजाजत दिन नमिल्ने भनी श्री ५ को सरकार (म.प.) को २०४८।१०।२७ को निर्णय र सोही आधारमा जिल्ला वन कार्यालय बाँकेले जानकारी दिएको २०५१।३।१६ को पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । कानून बमोजिम निवेदकको निवेदनमा उल्लेखित जग्गामा लगाएको रुख कटानको आदेश दिनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6136
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2053/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6136
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्