नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6122 · वि.सं. २०५२

नि.नं. 6122 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अचल सम्पत्तिको सट्टा पट्टा हुंदा रजिष्ट्रेशनको १ नं. ले पारित हुनु पर्ने अनिवार्यता छ । सो बमोजिम नभएपछि सट्टापट्टा भएको मान्न नमिल्ने । (प्रकरण नं. ९) § बण्डापत्रबाट आफ्नो भागमा परेको जग्गा यथावत आफ्नो ठाउंमा छंदा छंदै भूलवस कित्ता नम्बर फरक पर्न गएकोमा मा.पो.का. ले सो गल्ती अर्थात कि.नं. सच्याई श्रेस्ता अद्यावधिक पार्दैमा निवेदकको हकहितमा प्रतिकूल असर परेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ९) § निवेदकले दावी लिएको कित्ताको सबै भन्दा पूर्वको जग्गा निवेदकको हकमा आउंदै नआएको अवस्थामा सो कित्ताको नम्बर ट्रायल चेकबाट जस्ताको तस्तै गरी श्रेस्ता सच्याइएकोलाई कानुनन् अनधिकृत भयो भनी मान्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6122
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउं ।
निर्णय वर्ष / मिति2052/06/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6122
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्