नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6120 · वि.सं. २०५२

नि.नं. 6120 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक स्वयंले निजको हक, भोग र दर्ताको जग्गा हो भन्न नसकी निज र निजको परिवारले सुकुम्वासीको हैसियतले आ–आफ्नो नाउंमा नापी गराई बसोवास गरी आएको भन्ने सम्म निवेदनमा जिकिर लिएको देखिन्छ । यस स्थितिमा आफ्नो नाउंमा दर्ता तिरोको निस्सा प्रमाण नभएको जग्गाको सम्बन्धमा कुनै लिखत वा कानुनद्वारा अधिकार प्राप्त भोग भन्ने नभै ऐलानी जग्गामा बसोवास गरी नापी गराएको कारणबाट कुनै व्यक्तिले त्यस्तो जग्गामा कानुनी हक प्राप्त गर्ने र त्यस्तो भोगलाई नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत प्रचलन गराउने समेत व्यवस्था रहेको नदेखिने। (प्रकरण नं. ९) § जहांसम्म ऐलानी जग्गामा बसोवास गरी आएका सुकुम्वासीका नाउंमा त्यस्तो जग्गा दर्ता गरी बसोवास गरी आएका सुकुम्वासीलाई नदिने श्री ५ को सरकारको नीति रहेको भन्ने कुरा वा त्यस्तो नीतिको कार्यान्वयनको प्रश्न छ, सो विषय कानुनी हक प्रचलनको विषयवस्तु नभएकोले त्यस्तो तथाकथित नीतिगत कुरामा यस अदालतबाट रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6120
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2052/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6120
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्