नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6086 · वि.सं. २०५२

नि.नं. 6086 — मोही कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पेश हुन आएको कबुलियत भनिएको कागजको व्यहोरा भूमिसम्बन्धी ऐन नियमको निर्दिष्ट रीत ढांचामा नभएकोले सो कागजलाई कबूलियतनामाको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. १३) § सक्कल पेश गर्ने सम्बन्धमा पुनरावेदकलाई दिइएको म्यादभित्र निजले पेश गर्न नसकी खोजतलाश गर्दा फेला नपरेको भनी निवेदन दिएको देखिनाले सक्कल दाखिल गर्न नसकेको अवस्थामा उक्त कबूलियतनामा र भर्पाई दुवैको नक्कल कागजलाई मात्र आधार ग्रहण गरी कानुनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३) § नक्कल कागज प्रमाणले सक्कलको स्थान ग्रहण गर्न नसक्ने । (प्रकरण नं. १३) § सक्कल कबूलियत र भर्पाईको अभाव एवं पेश भएको कबूलियत समेत कानुन बमोजिमको रीत ढांचामा नदेखिँदा भूमिसम्बन्धी ऐन नियम बमोजिमको निर्दिष्ट पूर्वावस्थाको परिपालना नभई मोहियानी हक प्राप्ति हुन नसक्ने कतिपय सिद्धान्त समेत यस अदालतबाट प्रतिपादन भई आएको पाइने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6086
मुद्दाको विषयमोही कायम
निर्णय वर्ष / मिति2052/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6086
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्