नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6085 · वि.सं. २०५२

नि.नं. 6085 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ३५ वर्ष उमेर नपुगेकी विवाह नभएकी छोरीलाई अंश दिनेले कानुनको रीत पुर्‍याई अंश दिन्छ र लिने अविवाहितले अंश बुझी अंश छोडपत्र गरी दिन्छे भने ३५ वर्ष उमेर नपुगेको भए पनि सोह्र वर्ष नाघिसकेकी सावालख अविवाहिताले गरेको अंश छोडपत्रको लिखत अमान्य हुन्छ भन्न मिल्ने अवस्था नहुने । (प्रकरण नं. १३) § पुनरावेदक वादी भिष्मकुमारी महर्जनले गरी दिएको अंशको छोडपत्रको लिखत कागज ३५ वर्ष उमेर नपुग्दै गरेकोले अंशबण्डाको १६ नं. अनुसार अधिकारको सृजना नै नभएको व्यक्तिले गरेको कागज सदर हुंदैन भन्ने वादीको तर्क कानुनतः युक्तिसंगत देखिंदैन । अंशबण्डाको १६ नं. को ३५ वर्ष उमेर पुगेको भनिएको अवस्था छोरा सरह अंशमा दावी गर्न पाउने र अंश माग्दा नदिएमा ऐन बमोजिम उजूर गर्न पाउने सहज अवस्था हो । सो अवस्था नपुग्दै अंश बुझी छोडपत्र पारित गर्न नपाउने भन्ने कानुनको अभावमा छोडपत्र कागजलाई कानुनले तोकेको अधिकार विहीन व्यक्तिबाट छोडपत्र भएको भन्न सकिने आधार प्रमाणबाट देखिन नआउने । (प्रकरण नं. १३) § रजिष्ट्रेशनको महलको १ नं. मा धर्मपुत्रको लिखत, अचल सम्पत्ति भएको मानो छुट्टिएको वा मानो जोडिएको लिखत र बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखतको रजिष्ट्रेशन गराउन पर्छ भन्ने व्यवस्था भएकोले सो बमोजिम यो पुनरावेदक वादी भिष्मकुमारीले अंश बुझी छोडपत्र पारित गरी दिन उक्त कानुनले बाधा पुर्‍याएको पनि पाइ“दैन । अंशबण्डाको ३५ नं. बमोजिम पाउनु पर्ने अंशमा जहिलेसुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन । जुन अंशको लागि उजूर गरेको छ सो अंश हक नै बुझी कानुन बमोजिम छोडपत्र गरी दिएको देखिन्छ । अगाडि आफैंले छोडपत्रको कागज गर्दा अंश लिन बाँकी छ भनी उजूर गर्ने छैन गरेमा यसै कागजले बदर गर्नु भनी १६ वर्ष नाघी सकेकी साबालख अविवाहिताले अंश छोडपत्र कागजमा सहिछाप गरी रजिष्ट्रेशन पारित गरिसकेकी र उक्त छोडपत्रको कागज जीवितै रहेको अवस्थामा अहिले आएर यो पुनरावेदक वादीले अंश छोडपत्र हुँदाको अवस्थामा अ.बं. ८२ नं. अनुसार मेरो अंशमा दावी गर्न सक्ने हक अधिकार नै थिएन नभएको हक अधिकार छोड्दा असर नपर्ने भै सहिछाप गरेको भनी भन्न प्रमाण ऐन, २०३१ को ३४ समेतले वादीलाई मद्दत गर्न नसक्ने । (प्रकरण नं. १४) § अंशबण्डाको कानुन बमोजिम कुनै व्यक्तिले आफ्नो जीवनमा एक पटक मात्र अंश भाग पाउँछ । एक पटक कसैले अंश पाइसकेको रहेछ भने फेरि अर्को पटक पनि अंश पाउने अवस्था रहंदैन । अंश दिनेले उमेर नपुगेका अंशियारलाई दुवैको राजीखुशीबाट अंश लिने दिने कार्य वा अंश वापत छोडपत्र गर्ने कार्य हुन्छ भने त्यस्तो कार्य गर्दा गैरकानुनी कार्य हुन्छ भन्ने कानुनी प्रावधानको अभाव छ । एक पटक उमेर नपुग्दा आफ्नो मञ्जुरीबाट अंश वापत केही कुरा वा रकम लिई अंश हक तिलाञ्जली गर्छ भने फेरि तीन चार वर्ष पश्चात आफ्नो अंशमा दावी गर्ने उमेर पुगेको आधारमा दावी गरी पूर्व अंश भाग लिएको वा छोडपत्र गरेको गैरकानुनी भएकोले अहिले पुनः अंश पाउँ भनी दावी गरे अनुरुप अंश दिलाउँदा दुई पटक अंश पाउने अवस्था सृजना हुने भै कानुन निर्माताको मनमस्तिष्कमा नै परिकल्पना नभएको अवधारणा मान्यता तथा अंशबण्डाको कानुनी सिद्धान्तको खिलाफ हुन गई एक किसिमको हाम्रो मूल्य र मान्यता प्राप्त सामाजिक व्यवस्थामा खलल हुन आउने प्रवल सम्भावना हुनुको साथै हाम्रो त्यस्तो समाज तथा व्यवहारमा विकृति पैदा भई अंश दिनेलाई दोहोरो अंश दिनु पर्दा अंश दिने व्यक्तिलाई आर्थिक दायित्वको भारले व्यवहार नै चलाउन नसकी समाजमा डामाडोलको अवस्था नै उत्पत्ति हुन आउने कुरा नकार्न नसकिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6085
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2052/10/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6085
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्