नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6081 · वि.सं. २०५२

नि.नं. 6081 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विनियमावलीको विनियम ९.१(१) को व्यवस्था संविधानको धारा ११(१) तथा धारा १२(२)(ङ) संग बाझियो भन्नु नै पर्याप्त हुँदैन । संवैधानिक व्यवस्थासंग बाझिएको आधारहरु प्रष्ट रुपमा खुलाउनु पर्दछ, बाझिएका आधारहरु वस्तुनिष्ठ हुनु पर्ने । (प्रकरण नं. ७) § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम अमान्य हुनका लागि गोरखापत्र संस्थानको कर्मचारी सेवा शर्त विनियमावली, ०४७ को विनियम संविधानसंग बाझिएको हुनु पर्‍यो वा त्यसले संविधान प्रदत्त मौलिक हकमा अनुचित बन्देज लगाएको हुनुपर्ने । (प्रकरण नं. ७) § दुई वर्ष थप्ने वा नथप्ने कुरा संस्थानको स्वविवेकको कुरा हो । संस्थानको आवश्यकतालाई हेरी अनिवार्य अवकाश पाइसकेका कर्मचारी मध्ये दुई वर्ष थप्ने वा नथप्ने निर्णय गर्ने स्वविवेक अधिकार गोरखापत्र संस्थानलाई भएको देखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6081
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/08/14
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6081
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्