नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6080 · वि.सं. २०५२

नि.नं. 6080 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०४२ (संशोधन सहित) को दफा ८(१)(५) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२(२)(ङ) र ने.वि.प्रा. ऐन, २०४१ को दफा ३५ संग बाझिएकोले अमान्य घोषित गरी पाउँ भन्ने जिकिर लिएको देखिन्छ। यस्तै प्रश्न समावेश भएको रिट नं. ३३६५ निवेदक मोहनबहादुर श्रेष्ठ वि. नेपाल विद्युत प्राधिकरण समेत भएको उत्प्रेषणको निवेदनमा यसै अदालत विशेष इजलासबाट नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावलीको विनियम ८(१)(५) को व्यवस्था अमान्य नहुने भनी बोलिइसकेको र त्योसंग असहमत हुने स्थिति नदेखि“दा विनियम ८(१)(५) को व्यवस्था संविधान एवं नेपाल विद्युत प्राधिकरण ऐनसंग बाझिएको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ६) § निवेदकलाई विपक्ष नेपाल विद्युत प्राधिकरण समेतबाट ०४९।८।१२ गतेको नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णयानुसार ०४९।८।१३ देखि लागू हुने गरी अवकाश दिएको देखिन्छ । निवेदकलाई अवकाश दिने गरेको मिति ०४९।८।१२ को निर्णय बदर गराई माग्न नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम ०५१।३।१ मा मात्र असाधारण अधिकार क्षेत्र गुहार्न आएको देखियो । यसरी निवेदक करीव १९ महीना विलम्ब गरी आउन परेको मनासिब कारण निवेदनमा उल्लेख गर्न सकेको देखिएन । प्रस्तुत रिटनिवेदन अनुचित विलम्ब गरी आएको समेत देखिंदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6080
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/08/21
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6080
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्