नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6078 · वि.सं. २०५२
नि.नं. 6078 — उत्प्रेषण परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आर्थिक अध्यादेश, २०५२ को दफा २ को उपदफा (१) मा विदेशबाट नेपाल अधिराज्य भित्र पैठारी हुने माल वस्तुहरुमा अनुसूची १ बमोजिम भन्सार महसूल (साधारण भन्सार महसूल र समिकारक महसूल) लगाइने र असूल उपर गरिनेछ भन्ने उल्लेख भएको र अनुसूची १ को द्रष्टव्यको २.१ मा साधारण दरबन्दी अनुसार लाग्ने भन्सार महसूलको अलावा भन्सार प्रयोजनका लागि कायम हुने मूल्यमा थप ५० प्रतिशत महसूल लगाइने व्यवस्था भै सोही द्रष्टव्यको २.२ मा पुराना र प्रयोग भैसकेका उत्पादन वा दर्ता भएको ५ वर्ष भित्रका सवारी वा ढुवानी साधन पैठारी हुंदा दरबन्दी अनुसार र माथि दफा २.१ अनुसार लाग्ने भन्सार महसूल समेत हिसाब गरी हुन आउने कुल महसूलमा उत्पादन भएको दोश्रो वर्ष भए १०∞ तेश्रो, चौंथो र पा“चौं वर्ष भए २५∞ पुन थप गरी महसूल असूल गरिनेछ भन्ने प्रावधान अनुसार भन्सार महसूल लगाइने भएको र अनुसूचीको द्रष्टव्यमा लेखी त्यसरी लगाउन पाउने होइन । Ultravires भयो भन्ने मुख्य निवेदकको जिकिर देखिएको र अनुसूची भित्र द्रष्टव्यमा तोकिएको भन्सार महसूललाई अनुसूची भित्र होइन भन्न नमिल्ने भै कानुन बमोजिम नै भन्सार महसूल लगाउने व्यवस्था हुँदा निवेदकको निवेदनमा कुनै सार नदेखिएको कारण समेतबाट विपक्षीहरुबाट जवाफ मगाई राख्न नपर्ने हुँदा रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6078 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2052/05/05 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6078 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
