नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6071 · वि.सं. २०५२
नि.नं. 6071 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ देवस्थल जग्गा गुठी संस्थान अधिनस्थ जग्गा हो भन्ने कुरामा पनि विवाद छैन । यस्तो देवस्थल जग्गालाई सबै कार्यालय निकायले संरक्षित अवस्थामा राख्नु पर्ने सबैको कर्तव्य हुन्छ । यस्तो जग्गामा निवेदकले नक्सा पास गर्दा बाटो देखाई उक्त देवस्थल जग्गातर्फ टप राख्ने तथा ग्यारेज बनाउने कार्य गर्न खोज्नु कानुन अनुरुपको कार्य पनि देखिन आएन । त्यस्तो सार्वजनिक देवस्थल रहेको जग्गालाई काठमाडौं नगरपालिकाबाट उक्त नगरपालिका ऐन, २०४८ को दफा १५(घ) बमोजिम देवस्थल संरक्षित क्षेत्र घोषणा गर्ने ठहराएको निर्णय नगरपालिका ऐन अनुरुप देखिन आएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नदेखिएकोले प्रस्तुत रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6071 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2052/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6071 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
