नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6034 · वि.सं. २०५२
नि.नं. 6034 — जग्गा खिचोला चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
जे जस्तो किसिमबाट सर्भे नक्सामा बाउण्ड्री कायम भई कित्ता काट हुन्छ सो नै प्रत्येक कित्ताको बाउण्ड्री समेतको सो कित्ताको स्वरुप कायम भएको मान्नु पर्ने हुंदा सो अनुसार भोग गरेको मान्नु पर्ने स्थिति हुन्छ । अतः नक्साको स्वरुप बाउण्ड्रीलाई मिची भोग गरेको कथित भनाइको आधारमा कित्ता काटको वाउण्ड्रीलाई अमान्य गर्ने स्थिति नहुने । (प्रकरण नं. १७) कित्ताकाट भै बाउण्ड्री कायम हुंदैका अवस्था सो नमिले उसै बखत पक्षले उजूर गरी सच्याउने मिलाउने कुरा हो । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6034 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला चलन |
| निर्णय वर्ष / मिति | 2051/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6034 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
