नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 603 · वि.सं. २०२८

नि.नं. 603 — उत्प्रेषणको आदेश जारी गरीपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमीसम्बन्धी ऐन, २०२१ को दफा १८(१)–प्रशासकीय अधिकारीले गरेको न्यायिक निर्णय अर्धन्यायिक निर्णय हुने, उक्त निर्णय गर्दा तथ्यसँग सम्बन्धित कानून प्रयोग गरी सबुदप्रमाणको मूल्याड्ढन गरी गर्नुपर्ने–त्यस्तो नगरी टिप्पणीमा उल्लेख गरेअनुसार सदर भनी भू.सु.अधिकारीले न्यायिक (अर्धन्यायायिक) निर्णय गर्नु नहुने । प्रशासकीय अधिकारीले न्यायिक निर्णय गर्न पर्दा गरेको निर्णय अर्धन्यायिक निर्णय हुने हो । त्यसमा विवाद हुनसक्दैन । तर अर्धन्यायिक निर्णय गर्दा पनि अधिकारीले तथ्यसँग सम्बन्धित कानून लगाई पक्षको सबूद प्रमाणको मूल्याड्ढन गरी गर्नु पर्ने र त्यसरी गरेको निर्णयलाई अर्धन्यायिक निर्णय भनिन्छ । प्रशासकीय अधिकारीले निर्णय गर्दा उपरोक्त किसिमसँग सबूदप्रमाणको मूल्याड्ढन गरी निर्णय गर्नु पर्नेमा प्रस्तुत केशमा म्याद नघाई आएको फाँटवारीको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)अनुसार कारवाई हुनुपर्ने भन्ने फाँटवालासहितको टिप्पणीमा उल्लेख भएअनुसार गर्ने गरी सदर भनी भूमि सुधार अधिकारीले निर्णय गरेको देखिन्छ । त्यस्तो निर्णलाई मान्यता हुन नसक्ने हुँदा सम्पत्ति जफत गर्नुपर्ने जस्तो कुराको निर्णय सम्बन्धित कानूनको ठिक ठिक प्रयोग गरी पक्षको सबूद प्रमाणको मूल्याड्ढन गरी न्यायिक निर्णय गर्नुपर्नेमा टिप्पणीको आधारबाट गरेको यस्तो भ्रमात्मक निर्णय बदर गर्नुपर्ने नै ठहर्छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.603
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरीपाउँ
निर्णय वर्ष / मिति2026/12/06
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 603
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्