नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6026 · वि.सं. २०५२
नि.नं. 6026 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
बेरितको म्याद तामेलीका सम्बन्धमा अदालतबाट पटक पटक विचार भई लिलाम बदर नहुने भईसकेपछि पुनः सोही विषयलाई लिई रिट निवेदन दिएकोलाई युक्तिसंगत मान्न नसकिने। (प्र.नं. ८) पुनरावेदन अदालत जनकपुरबाट मिति २०४९/७/२८ मा गरेको आदेशको नक्कल मिति २०४९/८/१४ मा प्राप्त गरेको कुरा रिट निवेदनमा उल्लेख भएको देखि“दा नक्कल सारेपश्चात पनि तदारुखताका साथ रिट दिन नआई मिति २०४९/१२/१३ मा मात्र रिट निवेदन दर्ता गराएको र पटक पटक म्याद तामेल भएको समेतको परिप्रेक्षमा समेत रिट निवेदन स्वीकारोग्य नदेखिने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6026 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6026 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
