नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6025 · वि.सं. २०५२
नि.नं. 6025 — वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशवण्डाको १९(१) नं. मा भएको व्यवस्था हेर्दा अंश नलिएका स्वास्नी छोरा वा विधवा बुहारी हुने मानिसलाई पिता पूर्खाका पालाको चल सम्पत्तिको हकमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई मन्जुरी नभएपनि आफूखुस गर्नपाउने गरी अधिकार प्रदान गरेको पाइन्छ । रिझ वापत भनी गरी दिएको वक्सपत्रबाट व्यवहार चलाउन हक छाडी दिएको भनी अर्थ गर्न नमिल्ने । (प्र.नं. १८) “व्यवहार चलाउन” भन्ने शब्दाँशबाट त्यसको प्रतिफल सबै सगोलका अंशियारले पाउनुपर्ने हुन्छ र त्यस्तो प्रतिफल लिने सगोलका अंशियारले त्यसको परिणाम समेत भोग्नुपर्ने । (प्र.नं. १८) निजी सन्तुष्टिको प्रतिफल सबै अंशियारले भोग्नुपर्ने प्रश्न नै आउँदैन । विवादको सम्पत्ति बेचविखन भएको नभई वक्सपत्र भएको छ । वक्सपत्र भएको विषयमा दानवक्सको १ नं. को व्यवस्थालाई हेर्नुपर्छ । दानवक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दान वा वक्स गरिदिन हुन्छ । आफ्नो खुस गर्न पाउने बाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दानवकस गरी दिन हुँदैन भन्ने व्यवस्था रहेको पाइन्छ । दान वक्सको महलमा अंशवण्डाको १९(१) को व्यवस्था जस्तो कुनै व्यवस्था रहेको पाइदैंन । दान वक्सको प्रकृति बेचविखनको प्रकृतिसँग पनि मिल्दैन । दुवैको प्रकृति भिन्ना भिन्नै छ । बेच विखनबाट अर्थ प्राप्ति हुन्छ, जसबाट पारिवारिक व्यवहार चलाउने हुन्छ भन्ने दान वक्सबाट आत्मसन्तुष्टी मात्र प्राप्त हुन्छ । त्यसैकारण दान बक्सको महलमा अंशवण्डाको १९(१) मा गरेको व्यवस्था जस्तो व्यवस्था रहेको पाइदैंन । दानबक्सको कुरामा दावी गर्नेको अंश हक पुग्छ, पुग्दैन, सो विषय नै महत्वपूर्ण हुन्छ । उमेरको प्रश्नले महत्व नराख्ने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6025 |
|---|---|
| मुद्दाको विषय | वकसपत्र, लिखत बदर दर्ता बदर दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2051/12/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6025 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
