नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6023 · वि.सं. २०५२

नि.नं. 6023 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

१ वर्षको लागि प्रदान हुने ठेक्का सम्बन्धी काम कारवाही विवादको दावी विरोध र छिनोफानो साधारणत सोही अवधि भित्र भएन भने त्यसपछिको अवधिमा त्यसको तात्विक महत्व नहुने । (प्र.नं. ११) कुनै कुराको जानकारी पाउने कुरा लिखित रुपमा सूचना पाएपछि मात्र हुन्छ भनी भन्न मिल्दैन । विषयको प्रकृति अवस्था थाहा पाउनु लिनु पर्ने दायित्व पक्षको पनि हुन्छ । १ वर्षको ठेक्का विषयमा धरौटी राखेको व्यक्तिले आफूले टेण्डर हालेको विषयमा के निर्णय भयो सो बारे कुनै चासो नै नलिई त्यत्तिकै चुप लागी बस्नुलाई स्वभाविक मान्न नमिल्ने । (प्र.नं. ११) एक वर्षको ठेक्काको विषयमा कुनै जानकारी नलिई ३ वर्षसम्म चुप लागी वास्ता नगरी निवेदक बसे होलान् भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. ११) विधिवत धरौटी जफत भएको लिखित सूचना निवेदकले ०५०/६/१७ मा पाए पनि ०४७/०४८ को ठेक्काको विषयमा २०५०/१०/३ मा दिएको रिट निवेदन ३ वर्ष विलम्ब गरी आएको र विलम्ब हुनको उचित र मुनासिव आधार समेत निवेदकले देखाउन नसकेको अवस्थामा रिट निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6023
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2051/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५२, नि.नं. 6023
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्