नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6021 · वि.सं. २०५२
नि.नं. 6021 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
संस्थान ऐन, २०२१ को दफा १४ बमोजिम घाटामा गएको जुट विकास तथा व्यापार संस्थानलाई विघटन गर्ने गरेको कारवाहीमा कुनै त्रुटी देखिन नआउने । (प्र.नं. २९) जुट विकास तथा व्यापार संस्थान विघटन भएपछि संस्थान ऐन, २०२१ को दफा १४(क) बमोजिम विघटित संस्थानको दायित्व श्री ५ को सरकारमा हस्तान्तरण भएको र सोही ऐनको व्यवस्थानुसार श्री ५ को सरकारले अन्य ऐनद्वारा गठित संस्थानहरुलाई विघटित संस्थानको दायित्व र जायजेथा सुम्पन सक्ने देखिंदा श्री ५ को सरकारलाई त्यस्तो स.स्थाको चल अचल सम्पत्ति बटवारा गर्ने अधिकार छैन भन्न नमिल्ने । (प्र.नं. ३०) संस्थान ऐन, २०२१ ले विघटित संस्थानका कर्मचारीहरुलाई पनि दायित्व र जायजेथा हासिल गर्ने संस्थाको सेवामा मिलान गर्नु पर्ने भन्ने व्यवस्था गरेको पनि पाइएन । यसरी संस्थान विघटन भएपछि जायजेथा र दायित्व अन्य संस्थानमा बहाल गर्ने बाध्यात्मक व्यवस्था भएको नदेखिँदा कृषि सामग्री संस्थान र नेपाल कृषि अनुसन्धान परिषदमा निजहरुको सेवा मिलान गर्नु पर्ने भन्ने मागसंग सहमत हुन नसकिने । (प्र.नं. ३०) श्री ५ को सरकारको आर्थिक नीति अनुसार घाटामा गएको कारणले संस्थान विघटन गरेपछि चल अचल सम्पत्ति र त्यसको दायित्व जिम्मा लिने संस्थानले पनि विघटित संस्थानका कर्मचारीलाई आफ्नो सेवा राख्नु पर्ने व्यवस्था भएको नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्र.नं. ३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6021 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2051/12/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५२, नि.नं. 6021 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
