नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 602 · वि.सं. २०२८
नि.नं. 602 — अपहेलना गर्यो भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शंका उचित तरिकाबाट व्यक्त गर्ने सबैलाई अधिकार प्राप्त–शंका व्यक्त गरेको भन्ने निहुले सम्मानित अदालतको मान मर्यादालाई कसैले कमजोर पार्न नहुने । आफूलाई मनमा लागेको शंका उचित तरिकाबाट व्यक्त गर्न सबैलाई अधिकार छ । तर शंका व्यक्त गरेको भन्ने निहुँबाट यस सम्मानित अदालतको मानमर्यादालाई कसैले कमजोर पार्न हुँदैन । कानूनी राज्य कायम राख्न हामी कटिबद्ध नेपालीले सदैब यस न्याय मन्दिरको मर्यादालाई उच्चा से उच्चा राख्न सत्प्रयत्न गर्नु परेको छ । (प्रकरण नं. ६) (२) अदालतको मानहानी मुद्दा द्विविधापूर्ण मुद्दा (Border-Line-Case) भएमा र क्षमायाचना गरेमा–क्षमा दिनुपर्ने । श्री लोकबहादुर विष्टतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले आफ्नो सारगर्भित बहसमा यो भन्नु भयो कि मेरो पक्षले अपहेलना गर्ने विचार गरेकै छैन । अपहेलना गरेको बेञ्चलाई लाग्छ भने पनि निजलाई क्षमा प्रदान गरे हुन्छ । निजले आफ्नो बहस टुङ्गयाउँदै भन्नु भयो कि क्षमा दिनाले निजले कसूर गरेको कुरा त कायमै रहन्छ । यस बेञ्चसमक्ष प्रस्तुत केशलाई विद्वान वरिष्ठ अधिवक्ताले द्विविधापूर्ण (Border-Line-Case) हो भनी भन्नु भयो । त्यस सन्दर्भमा हेर्दा यद्यपी श्री लोकबहादुर बिष्टले आफ्नो जवाफमा बिनाशर्तको (Unqualified Apology) क्षमायाचना गरेको देखिन्न । तथापि यो एक द्विविधापूर्ण (Border-Line-Case) केश भएको र श्री लोकबहादुर विष्टले क्षमा याचनासमेत गरेको देखिंदा निजलाई क्षमा प्रदान गरिदिएको छु । फाइल नियमबमोजिम बुझाइदिनु । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 602 |
|---|---|
| मुद्दाको विषय | अपहेलना गर्यो भन्ने |
| निर्णय वर्ष / मिति | 2028/01/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथजी भएको बेञ्चमा मुद्दाको बहस पैरवी गर्न र न्यायाधीश श्री विश्वनाथलाई मुद्दा सुनी उचित इन्साफ दिन कुनै प्रतिबन्ध छैन । अ.बं.को ३० नं.ले कुनै कानूनी छेका लगाएको छ कि सम्झनालाई जुन केशको सुनवाई हुन थालेको थियो त्यो अवकास प्राप्त केही कर्मचारीको थियो र एउटा निवेदकसँग पनि माननीय न्यायाधीश श्री विश्वनाथको नाता रिस्ता थियो भन्ने देखिदैन । न त त्यो प्रमाणित गरिएको छ । | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 602 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
